मुगुमा महिला हिंसाका घटना बढे
मुगु न्युज डट कम,
मुगु १० भदौं -
जिल्लामा यो बर्ष छ महिना यता देखि महिला हिंसाका घट्ना बढेका मानब अधिकारमा क्रियाशिल एक संस्थाले बताएको छ ।
सोमबार जिल्ला सदरमुकाम गमगढीमा अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक मुगुले आयोजना गरेको मानब अधिकार बर्ष पुस्तक २०१४ को अर्ध बार्षिक समिक्षा कार्यक्रममा छ महिना यता सबै भन्दा बढी महिला अधिकारका घटना बढेको बताईएको छ ।
०६९ पुस १५ देखि असार सम्म जिल्लाका २४ बटै गाबिसमा अन्य मानब अधिकारसंग सम्बन्धित घटना भन्दा महिला अधिकारका घटना गत बर्ष भन्दा यो बर्ष छ महिनामै दोब्बर वृद्धि भएका छन । महिला अधिकार सम्बन्धि पुष देखि अहिले सम्म १५ घट्ना घटेको ईन्सेक मुगुले जानकारी दिएको छ ।
छ महिना यता महिला अधिकार सम्बन्धि सबै भन्दा बढी बलात्कार र बहुबिबाहका घटना बढी घटेका र पिडितले न्यायका लागी सम्बन्धित निकाय कहाँ पुगेका भए पनी उनीहरुले न्याय नपाएको ईन्सेकले आयोजना गरेको समिक्षा कार्यक्रममा बताईएको छ ।
0 comments
बिचार लेख्नुहोस्..