नमुना गाविसमा सम्बन्ध विच्छेदका मुद्दा बढि

मुगु न्युज डट कम
१७ श्रावण , मुगु
 जिल्लामा विभिन्न कारणले सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा पर्ने संख्या सदरमुकामका गाविसहरुमा बढि देखिएको छ ।
२०६९ श्रावण देखि २०७० श्रावणसम्मको तथ्यांक हेर्दा सम्बन्ध विच्छेद गराउनेको संख्या सदरमुकाम गमगढीसंग जोडिएका गाविसहरु नै अगाडी देखिएका छन । श्रावण १५ गतेसम्म जिल्ला अदालत मुगुमा दर्ता हुन आएका १६ वटा सम्बन्ध विच्छेदका मुद्दामा सदरमुकामसंग जोडिएको नमुना गाविस कार्कीवाडामा ६ वटा , पिना गाविसमा ७ वटा र नमुना गाविस श्रीनगरमा ४ वटा रहेका जिल्ला अदालत मुगुका सुब्बा डम्बर बहादुर विष्टले जानकारी दिए । १६ वटा मुद्दामा अहिलेसम्म ११ वटाको फैसला भएको र ६ वटा बाँकि रहेका छन ।
  जिल्ला अदालतमा आएका अधिकांश सम्बन्ध विच्छेदका मुद्दाहरुमा सानो उमेरमा विवाह भएर श्रीमानले अर्को विवाह गर्ने गरेका, घरमा खान बस्न नदिईएको ,लोग्नेद्धारा कुटपिट हुने गरेको, जस्ता कारणहरु बढि उल्लेख हुने गरेको विष्टले बताए ।
 विशेष गरि पछिल्लो समयमा घरमा महिलाहरुले बढि स्वतन्त्रता खोज्ने गरेका र घर परिवारले स्वीकार नगर्ने तथा सानो उमेरमा विवाह हुने र श्रीमान उच्च शिक्षा हाँसिल गर्न घर बाहिर जाने गरेको अवस्थामा घरको कार्यबोझ , एक्लोपना महशुस हुने कारणबाट पनि सम्बन्ध विच्छेदका घटना बढ्ने गरेका एक थरिको बुझाई छ ।

0 comments

बिचार लेख्नुहोस्..