खाद्यअधिकारवारे क्षेत्रिय कार्यशाला
एलपी देवकोटा
नेपालगंज
खाद्य अधिकारवारे मध्येपश्चिम क्षेत्रिय स्तरिय कार्याशाला नेपालगंजमा मंगलवार देखि शुरु भएको छ । खाद्य अधिकार सम्बन्धि काम गर्ने संघ संस्थाका प्रतिनिधी र सञ्चार कर्मीहरुलाई खाद्य अधिकारवारे क्षमता अभिबृद्धिका लागि कार्यशाला शुरु भएको हो ।
खाद्य अधिकार के हो यसको अवस्था के छ, खाद्य अधिकार हनन् हुनका कारण केहो र खाद्य अधिकारबाट वञ्चित भएको समुदायको अनुगमन पहिचान, खाद्य अधिकारको कानुनी प्रावधानको अवस्थाका विषयमा संचार माध्यमको भूमिकाका वारेमा जानकारी गराउनका लागि सयुक्त राष्ट्संघ कृषि तथा खाद्य संगठनको सहयोगमा फिएन नेपालले कार्यशालाको आयोजना गरेको हो ।
खाद्य अधिकार क्षेत्रिय कार्यशालामा कर्णालीको जुम्ला, हुम्ला, कालिकोट, भेरी अञ्चलका दा¨, जाजरकोट, वर्दीया, धनगडि, वाके, दैलेख र सुर्खेत जिल्लाका पत्रकार एवं खाद्य अधिकार सम्बन्धि काम गर्ने संघ सस्थाका प्रतिनिधिहरु र खाद्य अधिकार संजालका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
मंगलबार देखि सुरु भएको कार्यशालामा कृषि तथा खाद्य संगठन काठमाण्डौका इन्दिरा शंकर, अधिवक्ता सत्य तोयाना र फिएन नेपालका मध्येपश्चिम संयोजक अशोक सिंहले सहजिकरण गरेका थिए ।
खाद्य अधिकार सुनिश्चितका लागि वकालत, मानव अधिकारको सिद्धान्त, आर्थिक सामाजिक तथा सास्कृतिक अधिकार, डर र अभावबाट उन्मुक्ति, सम्मान पुर्वक खान पाउनु खाद्य अधिकार हो भन्ने विषयमा छलफल गरिएको थियो । उक्त कार्यशाला ४ दिन सम्म चल्ने आयोजकले जनाएका छन ।
0 comments
बिचार लेख्नुहोस्..