सेरी गाविसका एक सय साठी घर पहिरोको जोखिममा
मु न्युज डट मुगु,
श्रावण २३ मुगु-
खत्याड भेकको सेरि गाविसका एक सय साठी घर धुरी पहिरोको जोखिममा परेका छन ।
गाविसका वडा नम्बर ८ र ९ सेरी र जामको विचमा पर्ने तातोपानी भन्ने ठाउँमा वर्षाका कारण पहिरोजान थालेपछि दुवै गाउँका एक सय साठी घर धुरी पहिरोको जोखिममा परेको स्थानीयवासीले बताएका छन । खत्याड देखि गमगढी आउने मुलबाटो समेत त्यहि रहेकाले सेरी गाविसका स्थानीयवासीलाई मात्र नभई गमगढी आवत जावत गर्नेहरुका लागि समेत ठुलो जोखिम रहेको सेरीका स्थानीयवासी जान बादुर मल्लले जानकारी दिए वडा नम्बम्बर ८,९ सेरी र वडानम्बर ६ जाम गाउका बालबालिकालाई विद्यालय आउन जान समेत कठिनाई भईरहेको र कुन वेला पहिरोमा छोपिने हुन भन्ने चिन्ता बढिरहेको स्थानीय हेमराज मल्लको भनाई छ । अलिकति वर्षा हुँदा साथ माटो बग्ने गरेको उनिहरुले बताए ।
यसरी मुल बाटो देखि नै पहिरो जान थाले पछि सेरीका ९५ र जामका ६५ घर धुरी पहिरोको जोखिममा रहेका छन भने वाटो भन्दा तल रहेका खेत समेत बग्न सक्ने स्थानीयवासी वताउछन । पहिरोको डरलेस्थानीयवासीहरु खोलामा रहेको घट्टमा समेत अन्न पिस्न जान छोडेकाछन ।
पहिरोका कारण बाटो भन्दा माथि रहेको सिउथान भन्ने स्थानको जग्गा समेत भासिदै गए पनि पहिरो रोक थाम गर्न स्थानीय स्तर र अन्य कुनै निकायबाट पहल नभएको सर्जन मल्लले जानकारी दिए ।

0 comments
बिचार लेख्नुहोस्..