विदेशमा बस्ने नेपाली विद्यार्थीद्धारा लछुमालाई सहयोग
मुगु न्युज डट कम,
श्रावण २२-
पेटमा मरेको शिशु बोकेर उपचार हुन नसकि छटपटिएकि मुगु जिल्ला रोवा गाविस वडा नम्बर ७ शोभा गाउँकि लछुमा बुढाको विषयमा नागरिक दैनिकमा आईतबार प्रकाशित समाचार पढेपछि नेपालबाट विदेशमा पढ्न गएका नेपाली विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन ।
दुर्गम तथा गरिबी झेलिरहेकि लछुमाको उपचारका लागि नेपालबाट विदेशमा पढ्न गएका एक दर्जन बढि विद्यार्थीले ५२ हजार चार सय ६२ रुपैयाँ नागरिक दैनिक का मुगु सम्वाददाता सुमन मल्लको नाममा पठाए पछि म.गलवार नै बुढाका श्रीमान धर्मराज बुढालाई हस्तान्तरण गरिएको छ । कुमार लामिछानेनर्वे, साधना राना, सुरेश गुरुगं अमेरिका लगायत नर्वे, डेनमार्कमा अध्ययनरत विद्यार्थीहरुले बुढाको उपचारका लागि आर्थिक सहयोग गरेका हुन । राम तामागंले संपुक्त अरब ईमिरेटसबाट १५ हजार सहयोग रकम पठाएका छन ।
त्यस्तै गरि नेपाली सेनाको रारा स्थित दुर्गा भञ्ज्यागं गुल्मलेनगद ५ हजार एक सय पाँच रुपैयाँ र चामल, तेल, चिनी सहयोग गरेकोछ भने असल छिमेकि नेपाल मुगुले बुढाको उपचारमा लाग्ने खर्च २५ हजारसम्म सहयोग गर्ने भएको छ ।
चार महिना बढिको शिशु गर्भमा नै मरेपछि उपचारका लागि जिल्ला अस्पताल पुगेकि लछुमाको डाक्टर नहुँदा उपचार हुन नसकेपछि गमगढी स्थित रारा अस्पतालमा ल्याईएको थियो । रारा अस्पतालका डाक्टर किशोर परियारले बुढाको पेट भित्रको मृत शिशु निकाले पनि बुढाको स्वास्थ्य अवस्थामा अहिलेपनि सुधार हुन नसकेकोरारा अस्पताल प्रालिले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..