स्याउको वेर्ना उत्पादनमा आत्मनिर्भर बन्दै मुगु
मुगु न्युज डट कम , मुगु ३० साउन-
दुई वर्ष अघि जस्तो स्थानिय कृषकहरुलाई वितरण गर्न स्याउका वेर्ना ल्याउन जिल्ला बाहिर जानु पर्ने वाध्यता अहिले जिल्ला कृषि विकास कार्यालय मुगुलाई छैन ।
जिल्ला कृषि विकास कार्यालयबाट तालिम प्राप्त कृषकहरुले जिल्ला मै स्याउका वेर्ना व्यवसायीक रुपमा उत्पादन गरि विक्री गर्न थालेपछि मुगु जिल्ला स्याउका वेर्ना उत्पादनमा आत्मनिरर्भर बनेको छ ।
जिल्ला कृषि विकास कार्यालयका .प्राविधीक सहायक लाल बहादुर खत्री भन्छन जिल्ला भरीका स्याउ उत्पादक कृषकहरुबाट कार्यालयमा २५ हजार स्याउका वेर्ना माग हुने गरेको र माग भएका वेर्ना मध्य २३ हजार वेर्ना मुगु कै कृषकले उपलव्ध गराउने गरेको छन ।
कृषकहरुबाट प्रति स्याउका वेर्ना सत्ताईस रुपयाँमा खरिद गरेर कृषकलाई अनुदानमा प्रति वेर्ना पाँच रुपयाँमा वितरण गर्ने गरेको र अब थप तालिम र सल्लाह दिई अर्को बर्षबाट स्याउका वेर्ना सबै मुगु मै उत्पादन हुने वातावरण बनाउने निर्मित कृषि अधिकृत चतुरभुजी चौधरी वताउ छन । हाल जिल्लामा एक दर्जन भन्दा वढि स्याउका वेर्ना उत्पादक कषक व्यवसायी रहेको जिल्ला कृषी विकास कार्यालय मुगुले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..