पन्ध दिने हाट सकियो,कराडौको कारोबारो
नृपेन्द्र -
मुगु न्युज डट कम,
श्रावण ३०,
गत एघार गतेबाट नेपाल र चिनको सिमाना नाक्चेलाग्ना भन्दा दुई घण्टा पर चिनको स्वशासित क्षेत्र तिब्बतको पार्याङ जिल्लाको ह्याजिमार भन्ने स्थानमा शुरुभएको हाटबजार आईतबारबाट सकिएको छ ।
मुख्य गरेर जेठ र असार महिनामा नेपाली ब्यापारीहरुले संकलकहरुबाट खरिद गरेका यार्सागुम्वा चिनियाँ व्यापारीहरुलाई विक्री गरिने उक्त हाटमा विभिन्न नेपाली तथा चिनियाँ सामानहरुको माग हुन थालेपछि तिन वर्ष यताबाट यार्शागुम्वाको साथै अन्य सामानहरुको पनि खरिद बिक्री राम्रै हुन थालेको छ ।
हाटमा गएका पुलु ३ पुअका पेमा लामा भन्छन हाटमा पाँचहजार जती नेपाली सहभागी थिए । हाटमा नेपाली घरेलु सामान डोका,नाम्ला,टोकरी, र्खुसानी,जुत्ता,ईलेक्टोनिक सामानहरु,चस्मा,यार्शागुम्बा लगायतका सामानहरु र चिनियाँ व्यापारीहरुले चामल,घिउ,तेल,चियापत्ती,जस्ता,सिमेन्ट,मदिरा,जुस,लत्ताकपडालगाएतका सामानहरु भेडाच्याख्रा बिक्री गर्ने गर्दछन । यसरी खरिद गरीएका चिनियाँ सामानहरु मुगालीहरु मुगुका गाँउघरमा,जिल्ला सदरमुकाम गमगढीमा,र छिमेकी जिल्ला जुम्ला,बाजुरासम्म पुगेर विक्री गर्दछन भने भेडाच्याखा्र जुम्ला,कालिकोट,डोल्पा,मनाङ्ग,मुस्ताङ्ग,बाग्लुङ्ग,कास्कीसम्म पुराएर विक्री गर्ने गर्दछन ।
हाटमा करोडौको कारोबार हुने गरे पनि त्यहाँ सरकारी प्रतिनिधीको उपस्थिती शुन्य हुने गरेको र सादा पोशाकमा मुगु प्रहरी चौकीबाट हाटमा गएका तिन चार जना प्रहरीले केही गर्न नसक्ने दाउराका का पालजोर लामा बताउ छन । लामा आफुले खरिद गरेका यार्शागुम्वा बिक्री गर्न हाटमा गएका थिए । जसले गर्दा अवैध व्यापार गर्ने व्यापारीहरुको मनोवल बढेको छ भने कराडौ राजश्व ठगी भई रहेको छ । सरकारी उपस्थिती नहुने भएकाले खुलेआम अवैध मालसामानहरु खरिद विक्री हुने गरेको छ । सो्रतले जनाए अनुसार अवैध व्यापारहरुमा विभिन्न जनावरका छाला,हड्डी,कस्तुरीका विना,प्रतिवन्धित जडिवुटीहरु,खुकुरी,चक्कु विक्री हुने गरेका छन ।
सिजनल रुपमा चल्ने यो नाकामा चिनले आफनो तिर सिमा सुरक्षा र व्यवस्थित वैधानीक व्यापारका लागी यो वर्ष भरीमा पुरा हुने गरी ७० कोठे भवन लगाउन शुरु गरीसकेको छ भने नेपाल तिर सरकारी तवरबाट सिमा सुरक्षा र व्यवस्थित व्यापारका लागी कुनै प्रयास भएको पाईदैन ।

0 comments
बिचार लेख्नुहोस्..