अस्पतालको शैयाबाट लछुमाले भनिन -गरिबकालागि सरकार रहेन छ

मुगु न्युज डट कम,

श्रावण २३ मुगु -
आँखा बाट आँसु चुहाउदै गमगढी स्थित रारा अस्पतालको शैयामा पल्टिएकि रोवा ७ शोभा गाउँकि लछुमाले भनिन मेरा आमा, बा, सरकार भन्याका तिमी हौं सरकार त धनिका लागि रह्यो छ गरिबका लागि रहयोन छ ।
चार कक्षा पढ्दा पढ्दै बुवाको मृत्यु भए पछि पढाई छोडेकि बुढाले गरिब निमुखा जनताका लागि  सरकार  र राजनितिक दल नभएकोतथा हुने खाने धनिमानीहरुका लागि मात्र भएको बताईन । उनले रुदै भनिन मकन रगत दिन्या आर्मी, भाईर (बाहिर) देशबाट रुपियाँ पठाउन्या विद्यार्थी, पत्रकार मेरा लागि बा, आमा ,देउता , सरकार भया । तिमी सबैका कारण मु बाँच्या । सरकार त हाम्मा लागि क्या चाहियो धनिका लागि चाहिन्या रहयोछ गरिब जहिले पनि त्यसै मन्र्या रहयाछन ।
 स्वास्थ्य अवस्था सुधारिदै गए पछि बुधवार उनले अलिकति जाउलो मुखमा हालिन । यसो त लछुमाले विदेश बाट सहयोग गर्ने नेपाली विद्यार्थीलाई अस्पतालको शैयाबाट सकि नसकि पत्र समेत लेखेकि छन । पत्र लेख्नु भन्दा पहिले उनले ति विद्यार्थीका बारे सोधेकि थिईन । विद्यार्थी त देउता रहेछन कहाँका होलान म बाँचेको थाहा होला त ? यस्तो प्रश्न गरे पछि तपाई पत्र पठाउन सक्नु हुन्छ भन्दा उनले भनिन धेरै पढ्न सकिएन अलिअलि लेख्छु । उनले पत्रमा विदेशमा वस्ने भाईहरु तपाईले मेरो जिन्दगी बचाई दिनु भएकोमा खुसि छु , तपाईले मेरो र मेरो परिवारको नयाँ जिवन दिनु भयो तपाईले मलाई सहयोग गर्नु भयो तपाईलाई पनि अरुले सहयोग गरुन भन्ने व्यहोरा लेखेकि छन ।
बुढाको उपचारका लागि नेपालबाट विदेशमा पढ्न गएका विद्यार्थीहरुले खाजा खर्चकटाएर सहयोग संकलन गरि बुधवारसम्म ७२ हजार बढि रकम पठाएका छन भने रारा स्थित नेपाली सेनाको दुर्गा भञ्जन गुल्मका गुल्म पतिको अगुवाईमा तिन जना सैनिक जवानले रगत दान गरेका थिए भने सेनानी राजेन्द्र पन्तले सेनाका तर्फबाट नगद पाँच हजार र खाद्यन्न सहयोग गरेका थिए । आईतवार अवेर राती बुढाको पेट भित्र मरेको शिशु निकाले पछि बोल्न सक्ने अवस्थामा पुगेकि  लछुमाले बुधबार विहान  सञ्चारकर्मिसंग अस्पतालको शैयाबाट राज्य र राज्य सञ्चालक प्रति निकै चित्त दुखाईन ।
गएकोशुक्रबार गर्भमा मरेको चार महिना बढिको शिशुबोकेर जिल्ला अस्पताल पुगेकि लछुमाले चिकित्सकको अभावमा उपचार नपाएर छटपटाउदै गमगढी स्थित रारा अस्पतालको शैयामा मृत्युसंग निकै संघ्रर्ष गर्नु  परेको थियो ।  पेट भित्रको मरेको शिशु निकाल्न र बुढाको ज्यान जोगाउन अस्पतालका डाक्टर किशोर परियारलाई निकै चुनौति थपियो ।
 एक रात जिल्ला अस्पतालमा राखेर उपचार हुन नसक्ने अस्पतालले बताए पछि आर्थिक अभाव व्यहोरिरहेका बुढाका श्रीमानले रारा अस्पतालमा शनिवार ल्याए पनि उपचार निकै कठिन हुने चिकित्सकले बताए पछि श्रीमान धर्मराज बुढा (धर्मी) ले रकम जोहो गर्न धेरैसंग गुहार मागे तर सफल भने भएनन ।
शनिवार रारा अस्पतालमा ल्याईएकि बुढाको स्वास्थ्य अवस्थाका बारे नागरिक दैनिकको पहिलो पेजमा आईतबार समाचार प्रकाशित भए पछि  बुढाको आपतकालिन उद्धारका लागि जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालय , स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मनत्रालयमा हेलिकप्टरकोलागि फोन गरिए पनि खासै पहल हुन सकेन । पत्रिकामा बुढाको स्वास्थ्य अवस्था गम्भिर रहेको समाचार आए पनि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले गृह मन्त्रालयमा अवस्था सामान्य रहेको र पत्रकारहरुले बढाई चढाई गरिदिएको भनेर वेवास्ता गरियो ।
 अन्तत उद्धार गर्ने कुनै विकल्प तयार नभए पछि रारा असपतालमा नै लछुमाको उपचार थालियो।  छिमेकि गाउलेबाट लछुमाका श्रीमान धर्मीले सय कडा तिन प्रतिशत ब्याज तिर्ने गरि एक लाख ऋण समेत लिएका थिए ।  बुढा परिवार संकटमा परेकोसमाचारले विदेशमा पढ्न गएका नेपाली विद्यार्थीको मन दुख्यो। नर्वेमा रहेका कुमार लामिछाने, अर्पना बराल, संयुक्त अरब ईमिरेट्समा रहेका राम तामागं, अमेरिका रहेका रमेश घिमिरेलगायत विभिन्न देशमा रहेका एक दर्जन बढि नेपाली विद्यार्थीको मन दुख्यो। रारामा रहेको नेपाली सेनाको दुर्गा भञ्जन गुलमका गुल्म पति राजेन्द्र पन्त र सैनिक जवानको मन दुख्यो तर सरकार  र सरकार चलाउन बसेका हरुको मन दुखेन । स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय , स्वास्थ्य सेवा विभागको घुम्ने कुर्चिमा बस्ने हरुको मन दुखेन , सरकारका मन्त्रिहरुको मन दुखेन । जिल्लाका राजनितिक दल , अधिकारकर्मि, समाज सेवि कसैको मन दुखेन त्यसैले होला मृत्युको मुखबाट बचेकि लछुमाले भनेको सरकार त धनिमानि कै रहेछ गरिबले त्यतिकै मर्नु पर्ने रहेछ भन्ने कुरा गलत नहोला ।
 जिल्लामा ८ वटा  प्रसुति  केन्द्र छन । करोड औ खर्च गरेर भौतिक संरचना निर्माण गरिएको छ । उपकरण व्यवस्था गरिएको छ तर प्रभावकारी सेवा छैन । जनशक्ति छैन । जिल्ला अस्पतालमा डाक्टर छैन । जिल्ला स्वास्थ्य कार्यालयमा वार्षिक लाखौं रकम सुरक्षित मातृत्व सेवाका लागि आउछ तर लछुमा जस्ता गरिब महिलाका लागि चाहिएको छैन । अहिले पनि सुत्केरि पछि रक्तश्राव भएर जिल्ला अस्पतालको शैयामा रहेकि दलित , गरिब १८ वर्षिया  पिकिं लावडका लागि चाहिएको छैन । सरकारको स्वास्थ्य क्षेत्रमा गरिएको लगानी मुगाली जनताको लागि अभिशाप भएको छ ।

0 comments

बिचार लेख्नुहोस्..