पिकिंलाई नगद पाँच हजार सहयोग
मुगु न्युज डट कम,
श्रावण २४-
मंगलबार जिल्ला अस्पतालमा सुत्केरि भईसके पछि अत्याधिक रक्तश्राव भई उपचारमा आर्थिक अभाव झेलिरहेकि रुगा गाविस वडा नम्बर ४ रुगा गाउा कि १८ वर्षीया पिंकि लावडलाई विहिबार उपचार खर्च बापत नगद पाँच हजार सहयोग गरिएको छ ।
गएको शुक्रवार जिल्ला अस्पतालमा गर्भभित्र चार महिना बढिको शिशु मरेको अवस्थामा आएकि रोवा ७ शोभा कि लछुमा बुढालाई नेपालबाट विदेश पढ्न गएका नपाली विद्यार्थीहरुले उपचार खर्च बापत पठाएको रकमबाट पिकिंलाईबिहिवार विहान नेपाल पत्रकार महासंघ अध्यक्ष राज बहादुर शाही लगायतको पत्रकारहरको टोली जिल्ला अस्पतालमा पुगेर प्रमुख जिल्ला अधिकारी बलभद्रगिरी मार्फत नगद पाँच हजार सहयोग प्रदान गरिएको हो ।
लछुमाको विषयमा आईतबार अखबारमा समाचार प्रकाशित भए पछि विदेश पढिरहेका विद्यार्थीले सहयोग गरेका हुन । त्यस्तै बुधवार पनि सुत्केरी पछि अत्याधिक रक्तश्राव हुँदा पिकिंको अवस्था जोखिम भन्ने समाचार पनि छापामा आएको थियो । लावडका लागि पनि सहयोग गरिदिनु भन्ने नेपालबाट नर्वेमा पढ्न गएका कुमार लामिछाने लगायतका विद्यार्थीहरुको आग्रहमा लावडलाई सहयोग गरिएको छ ।
नागरिक दैनिकका मुगु सम्वाददाता सुमन मल्लको नाममा अमेरिका, नर्वे, युके, अरबबाट एक दर्जन बढि विद्यार्थीले सहयोग संकलन गरि पठाएका थिए ।
अहिले सम्म लछुमालाई विदेशबाट आएको सहयोग मध्य ३७ हजार ५ सय प्रदान गरिसकिएको छ भने आएको अन्य रकम सुरक्षित राखेर उनिहरुको उपचार र पोषणका लागि सहयोग गरिने छ । सहयोग र्नेमा नर्वेबाट कुमार लामिछाने, अर्पना बराल,तुलसी राम बराल, भोला दुवाडी,अशिम भुषाल, ईन्द्रप्रसाद पनेरु , साधना राना , युकेबाट ईन्दिरा भट्टराई, आद्या भट्टराई, सुमनजंग पाण्डे,गेहेन्द्र मगर र अमेरिका बाट सुरेश गुरुगं ले ३८ हजार ९ सय ६२ रुपैयाँ, संयुक्त अरब ईमिरेट्सबाट राम तामागंले १५ हजार , अमेरिकाबाट रम श घिमिरे १० हजार १ सय ९८ रुपैयाँ ९० पैंसा, बिजय शाक्य ५ हजार र नारावायन रजकले पाँच हजार गरि अहिलेसम्म ७४ हजार १ सय ६० रुपैयाँ ९ पैसा सहयोग संकलन भएको छ । उता लछुमाको स्वास्थ्य अवस्थामा केहि सुधार आएको भनिए पनि खतरामुक्त भने भई
नसकेको रारा अस्पताल प्रालिले जनाएको छ । जिल्ला अस्पतालमा रहेकि पिकिंको अवस्थामा सामान्य सुधार आएको बताईएको छ । रेडक्रसले स्थापना गरेको रक्त सञ्चार केन्द्रमा ब्लड ब्याग नहुँदा दुवै विरामीलाई रगत दिन समस्या परेको अस्पतालले जनाएका छन ।

0 comments
बिचार लेख्नुहोस्..