म्यादी प्रहरीमा दरखास्त दिने संख्या बढदै


मुगु न्युज डट कम-
मुगु, ९, असोज,
संबिधान सभा चुनाब सम्पन्न गर्नका लागी सरकारले अधिराज्य भर ४० हजार म्यादी प्रहरी भर्नाका लागी दरखास्त आवहान गरे पछी जिल्लाका ५३ मतदान केन्द्रका  लागि  ५ सय भन्दा भढीको दरखास्त पुगेको छ ।

१८ बर्ष देखि ५० बर्ष ननाघेकालाई म्यादी प्रहरीमा भर्ना गर्न  जिल्ला प्रहरी कार्यालय मुगुले भदौ ३१ गते देखि असोज १४ गते सम्म सार्बजनिक सुचना प्रकाशित गरी दरखास्त आवहान गरेपछी जिल्लाका २४ गाबिस मध्य लामा समुदाय बसोबास गर्ने पाँच गाबिस बाहेक सबै गाबिसका  १८ देखि ५० बर्ष सम्मका ब्यक्तिहरुको भिड लागेका कारण जिल्ला प्रहरी कार्यलयका जुनियर अधिकृत र प्रहरी लाई फारम लिन हम्मे हम्मे परेको छ ।

जिल्लाको कोटा २ सय १४ जनाको भएकाले उमेर पुगेका लाई दरखास्त दिनका लागी  सार्बजनिक सुचना जिल्लाका सबै क्षेत्रमा टाँस गरेकाले पनी पहिलो हप्तामै यत्रो सख्याम दरगास्त आएको हो १४ गते अन्तिम दिन सम्म १हजार भन्दा बढीको दरखास्त पर्न सक्ने र अहिले सदरमुकाम नजिकका गाबिसका मात्र बढी आएका  प्रहरी निरिक्षक मित्र बहादुर आर्चायले बताए ।

अहिले अन्नबालि भित्रायाउने समय पनि भएको छैन यो भन्दा अगाडीका तिन वटा निर्बाचनमा म्यादी प्रहरी भई आफनो भुमिका निभाएकाले  फेरी ५० बर्ष पनि ननाघेकाले र पारिश्रमिक छनौट भएपछी राम्रै छ भन्ने सुने पछी पनि दरगास्त दिन आएको रुगा गाबिस वडानम्बर ५का ५० बर्षिय जय लाल बिक बताउछन ।

सुरक्षाको दृष्ट्रिले मध्यपश्मिका १५ जिल्ला मध्य कर्णाली अञ्चलका पाँच जिल्लाहरु भन्दा मुगु पनि संबेदनशिल क्षेत्रमा परेको छ । जिल्लामा शैक्षिक बेरोजगारको संख्या धेरै रहेका  कारण युबाहरुमा छोटो समयका लागी भए पनि गत बर्षका निर्बाचनमा भन्दा यो निर्बाचनमा म्यादी प्रहरीमा भर्ना हुन आउने युवा बढि देखिएका छन ।

0 comments

बिचार लेख्नुहोस्..