समन्वय समितिको बैठक सम्पन्न
मुगु न्युज डट कम,
असोज ९ मुगु-
छाउपडी प्रथा तथा महिला विरुद्ध हुने सवै खालका विभेद विरुद्धको अभियान जिल्ला समन्वय समितिको बैठक बुधवार सम्पन्न भएको छ ।
जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी एवं समन्वय समितिका संयोजक जानक बहादुर मल्लको संयोजकत्वमा बसेको बैठकमा अभियानलाई सफल बनाउन हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेकले सञ्चालन गरेको कार्यक्रमको समिक्षा गरिएको छ । तिन महिनाको अबधिमा जिल्लाका पाँचवटा गाविस कार्कीवाडा, रुगा, रोवा , पिना र रारा गाविसमा गाविस स्तरिय निगरानी समिति गठन गरिएको , समितिमा रहेका पदाधिकारीलाई तालीम प्रदान गरिएको , यि गाविसमा रहेका धामी झाँक्रिलाई छाउपडी प्रथा विरुद्धको तालीम समेत दिईएको विषयमा छलफल गरिएको थियो ।
अभियानलाई सफल बनाउन जनचेतनात्मक र प्रचारात्मक कार्यक्रमलाई जोड दिने समेत निर्णय गरिएको छ ।
0 comments
बिचार लेख्नुहोस्..