चिनियाँ वस्तुगत सहायता दुरुपयोग

रमेश ऐडी, हुम्ला असोज ९- हुम्ला जिल्लाका उत्तरी तिव्वतसंग सिमाना जोडिएका गाविसहरुका लागी वर्षेनी प्राप्त हुने वस्तुगत सहायता स्थानिय उपभोक्ता समितिले सिमाना हिल्सामै वेचेर दुरुपयोग गरेका छन् । विगत २ वर्षको चिनियाँ सहायता सिमाना मै उपभोक्ता समितिका पदाधिकारीहरुले वुझदै सम्बन्धित गाविसमा नपुरयाएर सिमाना हिल्सामा व्यापारीलाई व्रिकी गरी दुरुपयोग गरेका हुन । विगत २ वर्षको चिनिया युयान ३ लाख वरावरको वस्तुगत सहायता वापत चामल मैदा सिमाना हिल्सामै वेचेर समितिले आफनो गाविसमा नल्याएको पाइएकोले अनुगमनको लागी ५ सदस्यीय राजनैतिक संयन्त्रको टोली सिमानामा खटाएको स्थानिय विकास अधिकारी नरेश प्रसाद ढकालले वताउनु भएको छ । अधिकारी ढकालका अनुसार यस वषर््ाको सहायता वुभ्नको लागी अनुगमन टोलीसंगै जिविसको प्रतिनिधि पठाएको पनि वताउनु भएको छ । गाविसमा नल्याएर समितिले नै सिमानामा वेचेको भन्ने गाविसका वासिन्दाले जिविसमा उजुरी गरेपछि टोली छानविनका लागी पठाएको जिविस हुम्लाले जनाएको छ । उत्तरी तिव्वतसंग सिमाना जोडिएका गाविसहरु मुचु ,लिमी हेप्का ,खगाल गाउँ ,ठेहे खार्पुनाथले सहायता पाउदै आएका थिए । बस्तुगत सहायता चामल मैदा चिनियाँ सरकारले सिमाना हिल्सामा उपभोक्ता समितिलाई बुझाउदै आएको थियो । सिमाना हिल्साबाट सम्वन्धित गा.वि.स. पुर्याउन गाविसले ढुवानी रकम व्यहोर्ने प्रावधान रहेकोे थियो । गाविसबाट ढुवानी वापत रकम लिएको देखिए पनि सम्वन्धित गाविसमा सहयता नपुर्याएकोले स्थानीय बासीले जिविस हुम्लामा उजुरी दिएका हुन । सहयता रकमले सिमाना जोडिएका गाविसमा सडक गोरेटो घोडेटो बाटो निर्माण गर्ने व्यवस्था थियो । हालसम्म कुनै गाविसमा विकास निमार्ण कार्यको काम शुरु नभएकोले समितिले मनोमानी रुपमा प्रयोग गरेकोले अनुसन्धानको लागी टोली पठाएको अधिकारी ढकालले वताएका छन् । लागु भएका ६ गाविसमा हालसम्म कुनै योजना संचालनमा नआएको जनाइएको छ । गाविसमा कुनै समन्ध नभएको सिधैं उपभोक्ता समितिसंग समन्ध राख्दै आएको तर ढुवानी वापत २ लाख भन्दा वढी रकम समितिले लिएको मुचु गाविसका सचिव नवराज शर्माले वताए ।

0 comments

बिचार लेख्नुहोस्..