नेकपा माओवादीद्धारा २० गते देखि गाउँ गाउँमा जान निर्देशन
मुगु न्युज डट कम,
कार्तिक ११ मुगु,--------------
आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचनका लागि चुनावमा सहभागि भएका राजनितिक दलहरुले जिल्लामा चुनावी प्रचार अभियान तिब्र पारिरहेका वेला चुनाव बहिष्कारमा लागेको नेकपा माओवादीले चुनाव असफल बनाउन विभिन्न रणनिति तय गरिरहेको छ ।
चार दिन अगाडी सदरमुकाम भन्दा पाँच घण्टा टाढा रहेको जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जिमा गाविसको सिप गाउँमा बसेको नेकपा माओवादी मुगुको बैंठकले चुनाव बहिष्कारका विभिन्न रणनिती तय गरेको बताईएको छ । जसमा पहिलो चरण अन्र्तगत गाउँघरमा टाँसिएका निर्वाचन सामग्री च्यात्ने , खोस्ने र यस संगै अभियान सफल बनाउन चन्दा संकलनलाई समेत प्राथामिकतामा पारेको छ । यस अघि स्वच्छिक रुपमा चन्दा संकलन गर्ने माओवादीले अहिले हजार देखि माथी तोकेरै चन्दा माग्ने तयारी गरिरहेको माओवादी स्रोतले बताएको छ । उसले व्यापारी, उद्योगि , शिक्षक , कर्मचारीहरुबाट तोकुवा चन्दा माग्ने तयारी गरिरहेको छ । स्रोतका अनुसार माओवादीले निर्वाचनमा भाग लिएका दलहरुका उम्मेदवारहरुबाट समेत ठुलै रकम चन्दा माग्ने तयारी गरेको छ ।
अभियानका क्रममा चन्दा संकलन तोकुवा नभएर स्वच्छिक हुने नेकपा माओवादीका जिल्ला ईन्चार्ज विर्ख बहादुर थापाले बताए । अर्को तर्फ तिहार सकिए लगैतै गाउँ गाउँमा चुनावी बातावरण अझ बढि तात्ने भएकाले भाईटिकाको पछिल्लो दिन २० गते देखि सदरमुकाम भन्दा बाहिरका ग्रामीण क्षेत्रमा कार्यकर्ता परिचालन गर्ने भएको छ । समाचार स्रोतले बताए अनुसार चुनावी बातावरण तिहार पछि झन तिब्र हुने भएकाले बहिष्कार अभियानलाई गाउँ गाउँमा तिब्र बनाउन सदरमुकाम बाहिर एकिकृत भएर जान नेकपा माओवादीको केन्द्रिय निर्देशन आएको छ । तर नेकपा माओवादीका केन्द्रीय सदस्य मंगल बहादुर शाहीले २० गतेबाट सदरमुकाम बाहिर अभियान सञ्चालन गर्ने कुनै निर्देशन र निर्णय नभएको दावी गरे ।
यसो त जसरी हुन्छ माओवादीले मतदाता र आम नागरिकलाई चुनावमा सहभागि हुन नसक्ने गरि मानसिक रुपमा तयार बनाउन भयको स्थित श्रृजना गराउने रणनितीमा लागेको छ । गाउँमा चुनाव विरोधी गतिविधी सञ्चालन गर्दा राज्यले सुरक्षा अवस्था कडा पार्ने र हातहतियार सहित सुरक्षाकर्मि गाउँ घरमा घुम्दा सर्व साधरणको मन आफै त्रसित हुँदा अभियानलाई सहयोग पुग्नेमा माओवादी विश्वस्त छ । आईतवार राती सदरमुकाम नजिकको रोवा गाविसमा लुटिएको निर्वाचन शिक्षा सामग्रीका विषयमा थप अनुसन्धान र सुरक्षा प्रदान गर्न गएको सुरक्षाकर्मिले सामग्री लुट्ने माओवादी कार्यकर्ताको नाम सोध खोज गरे वा आफु सर्मथक कार्यकर्ताको घर खानतलासी गर्दा आफुहरुलाई झन सजिलो हुने माओवादी नेता बताउछन ।
चुनाव विरोधी गतिविधी गर्दा दिउसो सुरक्षाकर्मिले गाउँमा उपस्थिती देखाउने र सुरक्षाकर्मि फर्किसकेपछि माओवादीले आफना गतिविधी झनै बढाएर स्थिती त्रासपुर्ण बनाउने रणनिती लिएको छ ।
चुनाव विरोधी गतिविधी गर्नेलाई नेपाल सरकारको नियम अनुसार कार्वाही गरिने स्थानीय प्रशासनले बताईसकेको छ । तर चुनाव बहिष्कार अभियानले द्धन्द निम्त्याउने काम नगरेको र राज्यले हातहतियार सहित नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरेर युद्ध गर्न खोजेको केन्द्रीय सदस्य शाहीले बताए ।
0 comments
बिचार लेख्नुहोस्..