एमाओवादीद्धारा एमालेको प्रचार अभियानमा रोक


पुष्प शाही,
कार्तिक ११ डोल्पा---------------
आगामी मंसिर चार गते हुने संविधान सभाको चुनावका लागि तल्लो डोल्पाबाट माथिल्लो डोल्पाका गाविसहरुमा प्रचार अभियानमा गएका एमाले उम्मेदवार धनबहादुर बुढाको प्रचार टोलीलाई गाउँमा प्रवेश गर्न नदिई एकिकृत माओवादी कार्यकर्ताले फर्काई दिएको नेकपा एमाले डोल्पाले जनाएको छ ।
सोमबार नेकपा एमालेको चुनाव प्रचार टोली माथील्लो डोल्पाका सरटाडा,लाओन,फोक्सुण्डो,धो, मुकोट र छार्का गाविस तर्फ चुनाव प्रचार अभियानमा जान लागे पनि विचबाट नै एकिकृत माओवादीको योङ्ग कम्युनिष्ट लिग वाईसियलका कार्यकर्ताले ढुंगा मुढा गरि फर्काईदिएको एमाले संगठन समिति डोल्पाका सदस्य नन्द सिंह बुढाले जानकारी दिए ।
 एक महिना अघि जिल्लाको सहरता गाविसमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रमलाई एमाओवादीको वाईसियलले विथोल्न खोजे पछि रक्तिम नाम गरेका वाईसियल कार्यकर्ता थुनामा रहेका छन । उनलाई नछोडेसम्म आफ्नो पकड मानिएको क्षेत्रमा एमालेलाई पस्न नदिने भन्दै एमाओवादीले प्रचार प्रसार अभियानमा रोक लगाएको बताईएको छ । यस अघि पनि वाईसियलले तल्लो डोल्पाका रिनी ,सर्मि,नर्कु, कालिका, काईगाउँ गाविसमा समेत प्रचार अभियानमा रोक लगाएको एमालेले बताएको छ ।
 आफ्नो मुख्य प्रतिस्पर्धी एमाले रहेको र जसरी पनि एमालेलाई पराजय गराउनु पर्छ भन्दै प्रचारमा रोक लगाएको एमाओवादीको बुझाई छ । उसले काँग्रेस एमालेसंग तालमेल गरेर भए पनि एमालेलाई पछि पार्न खोजेको एमालेले ठहर गरेको छ । एमाओवादीबाट प्रत्यक्ष तर्फ सत्या पहाडी , एमालेबाट धन बहादुर बुढा र काँग्रेसबाट सुरेश बहादुर शाहीले प्रतिस्पर्धा गर्दै छन ।
 यता काँग्रेस उम्मेदवार सुरेश शाही नेपालगञ्जबाट कार्तिक दश गते मात्र भर्खरै सञ्चालनमा आएको पहाडा गाविसमा रहेको मसिना चौर विमान स्थलमा पुगेर चुनाव प्रचार अभियानमा लागेका छन । उनले सोमबार देखि त्रिपुराकोट गाविस र तल्लो काईगाउँ गाविसबाट चुनावी प्रचार अभियान सुरु गरेको काँग्रेस डोल्पाका पुर्व सभापति श्रीबहादुर शाहीले जानकारी दिए ।

0 comments

बिचार लेख्नुहोस्..