घरबाट लुटियो मतदाता शिक्षा सामग्री


मुगु न्युज डट कम ---
कार्तिक ११ मुगु --------------------
 आगामी मंसिर चार गते हुने संविधान सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय मुगुले नियुक्त गरेका मतदाता शिक्षा स्वयम सेवक र निर्वाचन शिक्षा कार्यकर्ताकै घरबाट चुनाव बहिष्कारमा उत्रेको नेकपा माओवादी कार्यकर्ताले मतदाता शिक्षा सामग्री लुटेका छन ।
जिल्ला सदरमुकाम गमगढी देखि दुई घण्टा पैदल दुरीमा रहेको रोवा गाविसमा रहेका चार जना मतदाता शिक्षा स्वयम सेवक र एक जना निर्वाचन शिक्षा कार्यकर्ताको घरमा राखिएका निर्वाचन शिक्षा सामग्री आईतवार राती लुटिएको बताईएको छ । अनुहारमा कपडा बाधेर नचिनिने गरि आएका माओवादी कार्यकर्ताले घरमा राखिएको मतदाता शिक्षा सामग्री लुटेर लगेको एक मतदाता शिक्षा स्वयम सेवकले जानकारी दिएका छन ।
 मतदाता शिक्षा सम्बन्धि पर्चा ,पम्पलेट,पोष्टर लगायतका सामग्री लुटिएका छन भने गाउँमा टासिएका पोष्टर समेत च्यातिएका बताईएको छ । लुटिएको भन्ने प्रारम्भिक जानकारी आए पनि यर्थात जानकारी आउन बाँकि रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।  पाटीले चुनाव बहिष्कारको अभियान सञ्चालन गरिरहेको अबस्थामा निर्वाचन सम्बन्धि गतिविधि अबरोध गर्नु अनौठो नभएको माओवादीका एक नेताले बताए । बहिष्कार अभियान सफल पार्न जुन समय अनुकुल हुन्छ त्यहि समयमा गतिविधी सञ्चालन हुन्छन यहि कारणले रोवामा निर्वाचन सामग्री साथीहरुले राती लिएका हुन माओवादीले भनेको छ ।

0 comments

बिचार लेख्नुहोस्..