जिल्लाको पहिलो छाउपडी मुक्त गाउँ घोषणा ÷ सरकारी निकाय उपस्थित नहुँदा स्थानीयद्धारा दुख व्यक्त
मुगु न्युज डट कम,
मुगु १२ पौंष ----------------
जिल्लाका २४ वटा गाविस मध्य रोवा गाविसको वडा नम्बर ७ सोभा गाउँलाई जिल्ला कै पहिलो र नमुना गाउँका रुपमा छाउपडी प्रथा मुक्त गाउँ घोषणा गरिएकको छ । छाउपडी उन्मुलन जिल्ला समन्वय समिति मुगुले सोभा गाउँमा छाउपडी मुक्त घोषणा गर्ने न्युनतम मापदण्ड र सुचक पुरा भएको भन्दै गाउँलाई छाउपडी मुक्त गाउँ घोषणा गर्ने निर्णय गरे पछि विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सोभा गाउँलाई छाउपडी मुक्त गाउँ घोषणा गरिएको हो ।
जिल्लाका कार्कीवाडा , पिना, रोवा ,रुगा र रारा गाविसमा छाउपडी प्रथा उन्मुलनका लागि सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिरहेको हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुले सरोकारवाल निकायबाट यि गाविसमा अनुगमन गराए पछि सोभा गाउँका १ सय १४ घरधुरी सवैमा महिलाहरु महिनावारी हुँदा घर भित्रै बस्न थालेका , गाईको दुध दहि, घिउ खाने गरेका र सरसफाईलाई प्राथामिकतामा राखेका लगायतका सुचक पुरा भए पछि गाउलाई छाउपडी पुक्त गाउँ घोषणा गर्न सहज भएको हिरिसडेकका अध्यक्ष मिनबहादुर रावलले बताए ।
सोभा गाउँमा नै आयोजना गरिएको घोषणा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, महिला विकास, शिक्षा, जिविस, स्वास्थ्य लगायतका जिम्मेवार निकायलाई कार्यक्रममा बोलाई पनि कोहि सहभागि नभए पछि सोभा गाउँका स्थानीय वासीले राज्यका तर्फबाट सामाजिक रुपान्तरणको अभियान तथा सोभा गाउँका नागरिकलाई उपेक्षा गरेको बताए । गा.वि.स स्तरीय छाउपडि प्रथा उल्मुलन निगरानी समूहका अध्यक्ष धर्मदत्त बुढाले भने, छाउपडि मुक्त घोषणा कार्यक्रममा जिल्लाका सरकारी निकायका प्रमुखहरु उपस्थित हुदा गाउँमा भएका किास निर्माणका गतिविधि, शिक्षा स्वास्थ्यका अवस्था नागरीकहरुको जीवन पद्धतीबारे कुरा र सवालहरु राख्ने चाहाना थियो तर जिल्ला स्थित सरकारी निकायका अधिकारी उपस्थित नहँुदा राज्य नागरिकका साझा सवाल सम्बोधन गर्न उदासिन छ भन्ने देखियो । हामीलाई सरकारी निकाय देखि निकै दुख लागेको छ ।
विभिन्न स्थानीय कला संस्कृति झल्किने बाजा गाजा, देउडा सहित गाउँ परिक्रमा गरि गाउँको नजिक रहेको निमावि विद्यालयमा पुगेर सोभा गाउलाई छाउपडी मुक्त गाउँ घोषणा गर्दा स्थानीयवासीले उत्सवमा सहभागि भएको बताए । गैर सरकारी संस्थाको सहजकिरण र स्थानीयवासीको स्वस्फुर्त सहभागितामा अभियान सफल भएको निमावि सोभाका प्रधानाध्यापक जयबहादुर बुढाले बताए । विगतमा छुई भएको वेला गोठमा बस्दा धेरै पटक विरामी परेर उठ्न नसक्दा छोरीले नुहाई दिएको , जस्तो विरामी हुँदा वा समस्या आउदा समेत गोठमा नै बस्नु परेको स्मरण गर्दै ६१ वर्षिया नानी बुढाले भनिन्, अहिले जमाना फरिएर आएको छ अब हाम्रा छोरी चेलिलाई महिनावारी हुँदा घर भित्रै बस्न पाउने , दुध दहि, घिउ खान पाउने अवस्था आएको छ , म खुसि छु ।
परम्परा देखि नै कुरितीका रुपमा जिल्लाका सबै गाउँ बस्तिमा महिला महिनावारी भएको वेला तिन दिन देखि सात दिन सम्म गोठमा बसाल्ने , गाई वस्तु , फलफुलका बोट छुन नदिने , घर भित्र बसे देउता रिसाएर अनिष्ट हुने रुढिवादी विश्वासले महिलाहरु हिंसा र विभेदको शिकार हुनु पर्ने बाध्यता रहेको छ ।

0 comments
बिचार लेख्नुहोस्..