आमाको कुरा गर्दा बितिकै रुन्छन लछुमाका बालबच्चा
सुमन मल्ल-
मुगु न्युज डट कम,
पौष १२ मुगु------- पाँच महिनाको शिशु गर्भमा नै मरे पछि उपचार नपाएर ज्यान गुमाएकि रोवा गाविस वडा नम्बर ७ सोभा गाउँकि लछुमा बुढाका तिन जना बाल बच्चा आमा भन्ने शब्द निकाल्दा बितिकै आँखाबाट आँसु निकाल्दै रुने गर्दछन ।
आमाको मृत्यु पछि जेठा बुवा जैविर बुढाको आश्रयमा बस्दै आएका लछुमाका दुई छोरा र एक छोरी कसैले आमा भन्ने शब्द निकाल्दा वितिकै कसैलाई नहेरर कोठाको कुनामा बसेर रुने गरिरहेका छन ।
बुढाको मृत्यु पछि उनका श्रीमान धर्मराज बुढा घरमा र गाउँमा विरलै देखिने र घरमा बसे पनि ९ वर्षका जेठा छोरा टंक प्रसाद बुढा, ५ वर्षका दर्जबहादुर बुढा र दुई वर्षकि छोरी अस्मिता बुढा आफ्नो बुवासंग बस्न समेत नमान्ने तथा आफ्ना टुहुरा छोरा छोरीलाई वास्ता समेत गर्न छोडेको उनका छिमेकिले बताए । धर्मराजका ४० वर्षीय दाजु जैविरलाई भाईका टुहुरा छोरा छोरीको भविश्य प्रति निकै चिन्ता लागेको छ । उनले भने , मैले विवाह गरेको छैन । तँ कोही केटी पाउछस भने विवाह गर भनेको छु , घरमा मन लगाएर कहिले पनि बस्दैन , यि साना बाल बच्चा साँझ पर्दा बितिकै रुन थाल्छन, उनिहरु रुँदा म पनि उनिहरुसंगै रुन्छु , कुरा बुझ्ने भए सम्झाउन सकिन्थ्यो के गर्ने धेरै गाह्रो भएको छ ।
आर्थिक अवस्था कमजोर भएको बुढालाई भाई बरालिएको देख्दा तिन वटा बाल बच्चा लिएर अन्त कतै जाउँकी भन्ने लाग्दो रहेछ । भाई घरमा नबसेर बरालिने, साना बाल बालिका साँझ पर्दा बितिकै रुने गर्छन । यिनलाई लगेर अन्यत्रै जाउ पेट पाल्न केहि गाह्रो छैन जैविरले भने । यस्ता धेरै कुरा मनमा आए पनि बाल बच्चाको पेट त भरि दिउँला तर पढाउन लेखाउन सकिदैन भन्ने लाग्छ । सधैं उनिहरुको पिरलो छ । उनिहरुको शिक्षा, दिक्षा लालन पालनका लागि कसैले हेरि दिए हने थियो जैविरले पिडा सुनाए ।
गएको श्रावण १८ गते पाँच महिनाको शिशु गर्भमा नै मरेको अवस्थामा बुढालाई उपचारको लागि जिल्ला अस्पताल मुगुमा ल्याए पनि डाक्टर र औषधी अभावमा उनको उपचार हुन नसके पछि श्रावण १९ गते गमगढीमा रहेको निजी रारा अस्पतालमा लगिएको थियो । बुढाको शरिरमा रगतको मात्रा एकदम कम रहेको अबस्था निकै जटिल भए पनि अस्पतालका डाक्टर किशोर परियारले खतरा मोलेर भए पनि २२ गते बुढाको गर्भमा मरेको शिशु निकाल्न सफल भए । बुढाको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आए पछि नेपालबाट विदेशमा पढ्न गएका विद्यार्थीहरुले खाजा खर्च कटाएर एक लाख १५ हजार उपचार खर्च समेत पठाएका थिए ।
१५ दिन रारा अस्पतालमा उपचार गरेर घर फर्किएकि लछुमाले अन्तत घर पुगेकै दिन भदौ ५ गते बेलुकि मृत्युसंगको लडाई हार्न पुगिन भने ९ वर्षका छोरा टंक , ५ वर्षका दर्ज र २ वर्षकी छोरी अस्मितालाई जेठाजु जैविर बुढाको जिम्मा लगाएर सदाका लागि विदा भईन । आर्थिक अवस्था कमजोर , कामको बोझ , पारिवारिक असहयोग, बर्षेनी बच्चा जन्माउनु पर्ने पिडा र स्वास्थ्य उपचारको अभावका कारण जिल्लाका ग्रामीण क्षेत्रका धेरै लछुमाहरुले अनाहकमा ज्यान गुमाउनु परेको छ भने उनिहरुका लालाबालाको भविश्य समेत अन्यौलमा पर्ने गरेको छ ।

0 comments
बिचार लेख्नुहोस्..