रणनितिक कार्ययोजना निर्माण
मुगु न्युज डट कम,
मंसिर ४ मुगु---------------
जिल्लामा परम्परा देखि कुरितीका रुपमा कायम रहेको छाउपडी प्रथा उन्मुलन गर्न विहिबार जिल्ला स्तरिय रणनितिक कार्य योजना निर्माण गरिएको छ ।
जिल्लाका २४ वटै गाविसमा सरकारी तथा गैर सरकारी निकायको साझा समन्वयमा जन चेतना मुलक कार्यक्रमहरुलाई जोड दिनु पर्ने, परम्परागत चालचलनलाई रुपान्तरण गर्ने , धामी झाँक्रि केन्द्रीत कार्यक्रम लक्ष्यीत गर्ने जस्ता क्रियाक्लाप समेटर कार्य योजना निर्माण गरिएको रणनितिक कार्य योजना निर्माण गोष्ठीमा सहभागि जिल्ला शिक्षा कार्यालय मुगुका विद्यालय निरिक्षक धनसुधन चौलागाईले जानकारी दिए । विशेष गरि बुढा पाका , विद्यालय ,किशोर किशोरीलाई लक्ष्यीत गरि छाउपडी प्रथा उन्मुलनका लागि परामर्श , जनचेतना तथा स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गरिए आगामी तिन वर्ष भित्र जिल्लालाई नै छाउपडी मुक्त जिल्ला घोषणा गर्न सकिने अवस्था रहेको महिलाको प्रजनन स्वास्थ्य सम्बन्धि पैरवी गरिरहेको कर्णाली एकिकृत महिला विकास मञ्चका अध्यक्ष राधिका मल्लले बताईन ।
विहिबार निर्माण गरिएको कार्ययोजनालाई छाउपडी प्रथा उन्मुलन जिल्ला स्तरिय समन्वय समितिको बैठकबाट अनुमोदन गराएर जिल्ला परिषदबाट नै अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने गरि तयारी भईरहेको जिल्लाका पाँच गाविसमा छाउपडी प्रथा सम्बन्धि जनचेतना मुलक अभियान सञ्चालन गरिरहेको हिमाली ग्रामीण तथा युवा समाज विकास केन्द्रका अध्यक्ष मिन बहादुर रावलले जानकारी दिए ।
0 comments
बिचार लेख्नुहोस्..