कर्णालीमा काँग्रेसको उपेक्षा
सुमन मल्ल-------------
मुगु न्युज डट कम,
पौष १९ मुगु------
नेपाली काँग्रेस केन्द्रीय समितिले संविधान सभा निर्वाचन २०७० मा कर्णालीलाई उपेक्षा गरेको कर्णालीका काँग्रेस नेताहरुले बताएका छन ।
संविधान सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारका टिकट वितरण देखि समानुपातिकका सभासद चयनसम्म कर्णालीलाई वेवास्ता गरिएको उनिहरुको दावी छ । प्रत्यक्ष निर्वाचन तर्फ टिकट वितरणमा केन्द्रीय तहबाट विना मुल्यांकन , जनताको भावना नबुझेर टिकट दिदा हुम्ला र जुम्ला बाहेक मुगु, कालिकोट र डोल्पामा लजास्पद पराजय भोग्नु परेको नेपाली काँग्रेस मुगुले जनाएको छ । समानुपातिक तर्फ सभासद छान्दा दुर्गम ,पिछडीएको क्षेत्र , महिला , जनजाति , दलित र प्रत्यक्ष निर्वाचनमा हारेका जिल्लाबाट लिने केन्द्रीय समितिले निर्णय गरे पनि अन्तत् कर्णाली अञ्चलबाट एक जना त्यहि पनि प्रत्यक्ष निर्वानमा जितेको हुम्लाबाट समानुपातिकमा लिए पछि अन्य चार जिल्लाका काँग्रेस नेता कार्यकर्ता अचम्ममा परेका हुन ।
प्रत्यक्ष निर्वाचनमा हारेका जिल्लालाई समानुपातिकबाट प्रतिनीधित्व गराउने भने पनि पाटी केन्द्रीय समितिले समग्रमा कर्णालीलाई उपेक्षा गरेको काँग्रेस मुगुका सभापति ऐन बहादुर शाहीले बताए । कर्णाली अञ्चलका काँग्रेसलाई काँग्रेस नै हाईनन जस्तो गरेर केन्द्रले अपमान गरेको नेपाली काँग्रेस मुगुका सह सचिव खगेन्द्र बहादुर मल्लले बताए ।हुम्लाबाट मंगलबहादुर शाही , मुगुबाट छिरिङ्ग क्याप्ने लामा , जुम्ला दिनबन्धु श्रेष्ठ, कालीकोटमा नरबहादुर टमटाको नाम सिफारिस गरिएकोमा हुम्लामा प्रत्यक्षबाट जितेको भए पनि रिता शाहीलाई समानुपातिकमा छनौट गरिएको छ ।
प्रत्यक्षका लागि कालिकोटमा भुपेन्द्रजंग शाही, जुम्ला ललितजंग शाही, डोल्पामा सुरेशबहादुर शाही, मुगुमा ऐनबहादुर शाही र हुम्लामा जीबनबहादुर शाहीलाई टिकट दिए पनि हुम्ला र जुम्ला बाहेक अन्य तिन जिल्लामा पराजय व्यहोरेको थियो काँग्रेसले । केन्द्रय समितिले दुर्गम तथा पिछडीएको क्षेत्र भनेर समानुपातिकमा तिन कोटा निर्धारण गरेकोमा कर्णालीको हुम्ला र सुदुर पश्चिमको बझाङ्ग तथा बाजुराबाट समानुपातिकमा सभासद छनौट गरेको हुम्लाबाट समानुपातिकमा सभासद छनौट भएकि रिता शाहीले बताईन ।
कर्णाली अञ्चलबाट हारेका जिल्लाबाट संविधान सभामा समानुपातिकबाट सभासद पर्नेमा कर्णालीका काँग्रेस नेता कार्यकर्ता आशावादी देखिए पनि अन्तत आशा आशामा नै सिमित हुन पुग्यो ।
0 comments
बिचार लेख्नुहोस्..