छ महिनासम्म विद्यालय नजाने प्रधानाध्यापक


मुगु न्युज डट कम,
पौंष १९ मुगु -------------
सदरमुकाम गमगढी देखि दुई घण्टा टाढा रहेको रोवा गाविसको तलिलेखमा रहेको प्राथामिक विद्यालयका प्रधानाध्यापक बसन्त पण्डित छ महिना देखि विद्यालयमा हाजिर नभएको स्थानीयवासीले बताएका छन ।
पाँच कक्षासम्म पढाई हुने यस विद्यालयका प्रधानाध्यापक पण्डितले गत असार महिनामा विद्यालय छोडेर अहिलेसम्म पनि विद्यालयमा नफर्केपछि आवश्यक कार्वाहीका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले मौखिक जानकारी गराएको जिल्ला शिक्षा कार्यालय मुगुले जनाएको छ । छ महिनासम्म पनि प्रधानाध्यापक विद्यालय नफर्केको जानकारी आएपछि अनुगमन , अध्ययनका लागि जिल्ला शिक्षा कार्यालय मुगुका स्रोत व्यक्ति नवराज गौतमलाई खटाईसकिएको जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले बताए ,
 स्रोत व्यक्तिको प्रतिवेदन सहित विद्यालय व्यवस्थापन समितिको निर्णय आउँदासाथ आवश्यक कार्वाहीको प्रक्रिया अघि बढाईने कार्यालयको भनाई छ । हाजिर नभएको महिनाको तलब भत्ता कटाउने र अन्य कार्वाहीको प्रक्रिया समेत बढाउने कार्यालयले बताएको छ । शिक्षा नियमावली अनुसार १५ दिनसम्म विना जानकारी विद्यालयमा हाजीर नहुने शिक्षकलाई अवकास गर्न सकिने कानुनी व्यवस्था छ । यो विद्यालय उदाहरण मात्र हो । जिल्ला भरिका १ सय ३६ विद्यालय मध्य अधिकाँश विद्यालयका शिक्षकहरुको अवस्था उस्तै रहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..