कमसल ट्रान्सफर्मरका कारण विद्युत आपुर्तिमा अनियमितता
मुगु न्युज डट कम,
माघ ७ मुगु---------
गमगाढ वितरण केन्द्र मुगुले ठाउँ ठाउँमा राखेका विद्युतिय उपकरण ट्रान्सफर्मर कमसल तथा कम क्षमताका राखेपछि अहिले सदरमुकाम गमगढी लगायत अन्य गाउँ वस्तिमा वितरण गरिएको विद्युत आपुर्ति अनियमित हुँदा उपभोक्ता मारमा परेका छन ।
गमगाढ जल विद्युत आयोजना निर्माण ताका ल्याईएका विद्युतिय उपकरणहरु लामो समय सम्म खुला आकास मुनि रहेकाले चार सय किलो वाट उतपादन क्षमता रहेको आयोजनामा अहिले तिन सय किलो वाट मात्र विद्युत उत्पादन भईरहेको छ भने विभिन्न ठाउँमा राखिएका दश वटा ट्रान्सफर्मर मध्य अहिले सातवटा ट्रान्सफर्मर जलेर काम नलाग्ने अवस्थामा रहेको गमगाढ जल विद्युत वितरण केन्द्रका कर्मचारी धनन्जय फडेराले बताए ।
हिजो आज मौसम चिसो भएकाले विहान बेलुकि आगो ताप्ने हिटर, विद्युतबाट खाना पकाउने गरेका कारण वेला वेला विद्युत आपुर्तिमा अबरोध हुनुका साथै भोल्टेज समेत कम हुने गरेको फडेराले बताए । अहिले दश वटा ट्रान्सफर्मरले मुश्किलले धानेका छन , कम क्षमताका ट्रान्सफर्मरले विद्युतको लोड धान्न सकिरहेका छैनन त्यसैले विहान वेलुकि आगो ताप्ने हिटर प्रयोग नगर्न उपभोक्तालाई आग्रह गर्दछौ, फडेराले भने ।
बढि क्षमताका ट्रान्सफर्मरका लागि धेरै पटक नेपाल विद्युत प्राधिकरणलाई लेखि पठाए पनि बजेट अभाव भएको भन्दै प्राधिकरणले कुनै चासो नदेखाएको फडेराको भनाई छ । विद्युत आउने जाने गरिरहेकाले सरकारी तथा गैर सरकारी कार्यालय तथा नीजी रुपमा प्रयोग गरिरहेका कम्प्युटर, फोटोकपी मेशीन लगायत अन्य विद्युत मार्फत सञ्चालन हुने उपकरणहरु विग्रन थालेकोमा उपभोक्ता चिन्तित छन । विद्युत आउने जाने गर्दा फोटोकपी गर्न समस्या भएको र एउटा फोटोकपी मेशीन विग्रि सकेको त्रिशक्ति स्टेशनरीका सञ्चालक नृपेन्द्र मल्लले बताए ।
0 comments
बिचार लेख्नुहोस्..