भोकमरिले दलित वस्तिका युवा भारत पलायन
सुमन मल्ल-
मुगु न्युज डट कम,
पौष २१ मुगु------
जिल्ला सदरमुकाम गमगढी देखि दुई दिनको पैदल यात्रा पछि पुगिने सोरु भेकको फोतु गाविसको वडा नम्बर १ को दलित वस्ति रावलबाडाका युवाहरु गाउँमा भोकमरि परे पछि भारत तर्फ पलायन भएका छन ।
खडेरीका कारण कृषि उत्पादनमा कमि आएको तथा गाउँ मुनिबाट निर्माणाधिन अबस्थामा रहेको गुल्म सिचाई कुलोका कारण कृषि योग्य जमिन भासिन थालेपछि २९ घर धुरी रहेको यो दलित वस्तिमा भोकमरि हुन थालेको स्थानीयवासीले बताएका छन । गएको जेठमा परेको खडेरी तथा त्यस पछि भएको बर्षाका कारण खेति योग्य जमिन पहिरोले बगाएको तथा विगतमा ६ थैला धान हुने खेतमा यो पटक भने एक थैला मात्र धान उत्पादन भएको र आफ्ना दुई छोरा पनि रोजि रोटीका लागि भारत गएको स्थानीयवासी विरजन दमाईले बताए ।
गाउँमा भोकमरि हुँदा युवा भारत तर्फ पलायन भईरहेको र नेपाल खाद्य संस्थानको गमगढी शाखाबाट जाने खाद्यन्न पनि गाउँमा नपुगेर बिच बाटोमा नै ठेकेदारले अन्तै बेच्ने गरेका कारण आफुहरु वर्षेनी भोकमरिको मारमा पर्ने गरेको स्थानीयवासी जाड दमाईले दुखेसो गरे । उनले भने , हामी दलितहरुको बस्तिमा भोकमरि परेको, युवाहरु भारत पसिरहेका छन यो वर्ष त हिउदे बाली गहुँ, जौं भेटाउन समेत मुश्किल पर्ने देखिएको छ , अब बालबच्चा कसरी पाल्ने । अहिले २९ दलित घरधुरीमा बुढाबुढी, आईमाई र बालबच्चा मात्र रहेका छन । २०४३ सालबाट निर्माण कार्य सुरु गरिएको गुल्म सिंचाई कुलोका कारण बर्षेनी कर्णाली नदिले गाउँ मुनिबाट कटान गर्दै लिएको तथा खेति योग्य जमिन समेत पहिरोले बगाउन थाले पछि यो दलित बस्तिमा भोकमरि हुनुका साथै सिंगो गाउँ नै पहिरोको उच्च जोखिममा रहेको छ ।
0 comments
बिचार लेख्नुहोस्..