‘सम्राट’ बनेर आउँदै विराज

samrat
फाल्गुन ९ गतेबाट काठमाण्डौका मुख्य हलसहित उपत्यका बाहिरका ४० वटा हलमा ‘सम्राट’ नामक सिनेमा प्रदर्शनमा आउने भएको छ । लिगेस लिलाधर भट्टराइको निर्देशनमा तयार भएको यो सिनेमामा नायक विराज भट्ट मुख्य भूमिकामा छन् । उनको साथमा चलचित्रमा रुवि सिंहको पनि अभिनय छ ।
योज्ञराज घिमिरे र ओम प्रकाश अग्रवाल निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता सुरज खड्का हुन् । पूर्णतया पारिवारिक एक्शन लभस्टोरी यो सिनेमामा दर्शकले नायक विराज भट्टको आकर्षक द्वन्द्व हेर्न सक्नेछन् ।
यो चलचित्र काठमाण्डौका विश्वज्योती, अष्टनारायण, गंगा, कलंकी, गोपिकृष्ण, बारही, सिद्धार्थ लगायतका हलमा प्रदर्शनमा आउनेछ । चलचित्रको वितरक सुनिल मानन्धर हुन् ।

0 comments

बिचार लेख्नुहोस्..