बञ्चरो प्रहार गरि श्रीमतीको हत्या


मुगु न्युज डट कम
फागुन १० मुगु
जिल्लाको उत्तर क्षेत्र सोरु भेकको जिमा गाविसको बञ्जाय गाउँमा एक जनाले आफ्नै श्रीमती माथी बञ्चरो प्रहार गरि शुक्रबार राती हत्या गरेका छन ।
जिमा गाविस वडा नम्बर ६ बञ्जाय गाउँका कन्नबहादुर मल्लले शुक्रवार राती घरमा आफ्नी ४२ वर्षीया श्रीमती रत्नरुपा मल्ललाई बञ्चरो प्रहार गरि टुक्रा टुक्रा पारेर हत्या गरेको मृतक मल्लका भाई जनबहादुर शाहीले जानकारी दिए ।
मल्लले किन हत्या गरे भन्ने नखुले पनि यो भन्दा अगाडी उनको मानसिक सन्तुलन विग्रिए पछि उपचारका लागि राजधानी लगिएको र सञ्चो भए पछि केहि दिन अगाडी मात्र गाउँ फर्केको उनका साला शाहीले बताए ।

0 comments

बिचार लेख्नुहोस्..