जिल्ला खाद्य सुरक्षा कार्यविधी बनाईने

मुगु न्युज डट कम,
फागुन ९ मुगु-------------
जिल्लाको खाद्य सुरक्षालाई सुनिश्चित गर्न जिल्ला खाद्य सुरक्षा कार्य विधी निर्माण गरिने भएको छ ।
शुक्रवार बसेको जिल्ला खाद्य सुरक्षा सञ्जाल मुगुको बैठकले फागुन २७ गते हुन लागेको जिल्ला विकास समिति मुगुको सातौ जिल्ला परिषदबाट पास गराउने गरि कार्यविधी निर्माण गर्ने निर्णय भएको सञ्जालले जनाएको छ । खाद्य सुरक्षा सम्बन्धि कार्य विधी नहुँदा समग्र जिल्लाको खाद्य सुरक्षा अवस्था बारे काम गर्न असहज भएको भन्दै सञ्जालले कार्यविधि बनाउन लागेको जनाएको छ ।
 सञ्जालले खाद्य सुरक्षा, जिल्लाको कृषि उत्पादन तथा कृषि क्षेत्रको अध्ययन अनुसन्धान गर्नका लागि सदरमुकाम नजिक रहेका श्रीनगर, कार्कीबाडा गाविसमा कृषकहरुकै अगुवाईमा नमुना कृषि फारम स्थापना गर्ने निर्णय समेत गरेको छ । नमुना कृषि फारम स्थापना गरिए जिल्ला भित्रका र बाहिरका कृषकहरुको भ्रमण तथा अध्ययनको केन्द्र बन्ने, कृषि विषय लिएका विद्यार्थीहरुका लागि पनि अध्ययन गर्न सहज हुने सञ्जालको भनाई छ ।

0 comments

बिचार लेख्नुहोस्..