जिविस मुगुको एक अरब बढी बजेट प्रस्तुत
मुगु न्युज डट कम,
फागुन २७ मुगु--------------
जिल्ला विकास समिति मुगुले आर्थिक वर्ष २०७१। ०७२ का लागि मंगलवार एक अर्ब बढिको निती तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
जिल्ला विकास समिति मुगुले आयोजना गरेको सातौ जिल्ला परिषदमा आगामी आर्थिक वर्षका लागि १ अर्ब ३७ करोड ९९ लाख २० हजार बजेट प्रस्ताव गरेको छ । जस मध्य चालु खर्च तर्फ ४३ करोड २२ लाख ३५ हजार रहेको छ भने पुजिगत खर्च तर्फ ९४ करोड ७६ लाख ८५ हजार प्रस्ताव गरेको छ । सरकारी क्षेत्रका लगानी १ अर्ब २० करोड ८१ लाख ५९ हजार रहेको छ भने गैर सरकारी क्षेत्रको लगानी १७ करोड १७ लाख ६० हजार रहेको छ ।
जिल्ला विकास समिति मार्फत निकासा भई खर्च हुने बजेट ७५ करोड २५ लाख ८१ हजार रहेको छ । जसमध्य पुजिगत तर्फ ५८ करोड ७४ लाख ७४ हजार र चालु तर्फ १६ करोड ५१ लाख ८ हजार अनुमानित बजेट प्रस्ताव गरिएको छ । जिविसको सातौ जिल्ला परिषदले आर्थिक क्षेत्र तर्फ ९ करोड २० लाख २७ हजार , सामाजिक क्षेत्र तर्फ ३६ करोड ३४ लाख १५ हजार , भौतिक पुर्वाधार तर्फ ७९ करोड ३३ लाख ८२ हजार, वन तथा वातावरण तर्फ ७ करोड ५५ हजार र संस्थागत श्रोत तथा क्षमता विकास तर्फ ५ करोड ८० लाख ३९ हजार प्रस्ताव गरिएको छ । आगामी आर्थिक वर्षका लागि प्रस्तावित निति तथा कार्यक्रममा सडक निर्माणलाई पहिलो प्राथामिकतामा राखिएको छ ।
परिषदको उद्घाटन सत्रमा महिला जनजातिलाई समावेशीकरणका आधारमा मन्तव्य राख्न नदिएको भन्दै सहभागि महिलाले अबरोध गरेका थिए ।
0 comments
बिचार लेख्नुहोस्..