कार्यालय सहयोगिका भरमा प्राथामिक स्वास्थ्य केन्द्र
सुमन मल्ल----------
फागुन २६ मुगु ,
जिल्लामा रहेको एक मात्र प्राथामिक स्वास्थ्य केन्द्र रातापानी लामो समय देखि कार्यालय सहयोगिको भरमा सञ्चालन हुँदै आएको छ । जिल्लाको पश्चिम खत्याड भेकको कोटडाँडा गाविसको रातापानीमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा मेडिकल अफिसर लगायत एक दर्जन स्वास्थ्यकर्मिको स्थायी ,अस्थायी र करार दरबन्दि रहे पनि अहिले कार्यालय सहयोगिका भरमा चलिरहेको छ ।
केन्द्रमा दरबन्दि रहेको मेडिकल अफिसर डाक्टरको दरबन्दि दुई वर्ष देखि रिक्त रहेको छ । रातापानीमा दरबन्दि रहेका एक जना सुर्खेतका मेलकुना अस्पतालमा काजमा रहेको केन्द्रका निमित्त प्रमुख ज्ञानसिंह बुढाले बताए । स्टाफ नर्श १ , अनमि २ , अहेव १ का स्थायी दरबन्दि रिक्त छन । अर्का एक जना अहेव कालै गाविसमा रहेको स्वास्थ्य चौकिमा काजमा रहेका छन । अस्थायी तर्फ अहेव १ , अनमी २ , स्टाफ नर्श १ र करार दरबन्दिको कार्यालय सहयोगीको पद रिक्त छ । अहिले एक जना अहेव र एक जना कार्यालय सहयोगि मात्र छन ।
केन्द्रका लागि ११ जना स्वास्थ्यकर्मिको दरबन्दि रहेकोमा अहिले सात पद रिक्त रहेका, हेल्थ अशिष्टेण्ड एकजनालाई मध्य पश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेतले उतै काजमा राखेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । रिक्त रहेका दरबन्दिमा पदपुर्तिका लागि लोक सेवा आयोगलाई लेखि पठाई सकिएको र आयोगले अब छिट्टै पदपुर्ति गर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीले जानकारी दिए ।
केन्द्रमा प्रसुति सेवा सञ्चालनका लागि भौतिक पुर्वाधार निर्माण गरिएको भए पनि अहिले प्रसुतिगृह बन्द रहेको निमित्त प्रमुख बुढाले बताए । केन्द्रमा स्वास्थ्यकर्मिको अभाव , औषधीको समेत अभाव रहेको छ । केन्द्रमा रहेको फर्निचर समेत स्थानीयवासीले आफ्ना घरमा राखेका तथा खानेपानीका लागि राखिएका प्लाष्टिकका ट्यांकि समेत स्थानीयवासीले लगेको बुढाको भनाई छ । खत्याड भेकका सात गाविस तथा छिमेकि जिल्ला बाजुराका चार गाविसका स्थानीयवासी उपचारका लागि केन्द्रमा आउने भए पनि स्वास्थ्यकर्मि र औषधी नहुँदा उपचार नपाएर फर्किने गरेका छन ।
0 comments
बिचार लेख्नुहोस्..