एसएलसीमा जिल्लाभरि तेह्र सय बढि परिक्षार्थी सहभागि हुने
मुगु न्युज डट ,,,,,
फागुन २९ मुगु---------------
जिल्ला भरिमा कायम गरिएका एसएलसी परिक्षाका लागि कायम गरिएका सातवटा परिक्षा केन्द्रमा यस पटकको एसएलसी परिक्षामा एक हजार तिन सय बढि परिक्षार्थी सहभागि हुने जिल्ला शिक्षा कार्यालय मुगुले जानकारी दिएको छ ।
जिल्लामा रहेका २१ सामुदायिक,दुईवटा निजी तथा एक खुल्ला विद्यालयबाट एक हजार ३ सय १४ जना परिक्षार्थी सहभागि हुनेछन । जिल्लाका महाकाली उमावि श्रीनगर,प्रभात उमावि रोवा,भवानी उमावि पुरुमुरु , जनज्योती उमावि नार्थपु , गुरु मावि भिई , कालिका उमावि श्रीकोट, लोकप्रिय उमावि गम्था र महादेव उमावि रातापानी तथा नयाँ कायम गरिएको परिक्षा केन्द्र विजय उमावि कालैमा गरेर नियमित तर्फ छात्र ६ सय १९, छात्रा ३ सय ४ गरेर एक हजार ३ जना परिक्षार्थी सहभागि हुने छन भने एक्जाम्टेड तर्फ ३ सय ११ र खुला विद्यालय तर्फ ४९ परिक्षार्थी सहभागि हुने कार्यालयले जनाएको छ ।
गत वर्ष जस्तै यो वर्षको एसएलसी परिक्षामा घरपायक परिक्षा केन्द्र नराख्ने भए पछि परिक्षा मर्यादित हुने कार्यालयले बताए पनि अभिभावक र परिक्षार्थीहरुले दुखेसो गर्न थालेका छन । घर पायक परिक्षा केन्द्र बाहेक अन्य स्थानमा परिक्षा केन्द्र कायम गर्दा परिक्षार्थीलाई खाना र बस्नको समेत समस्या हुने गरेको उनिहरुको गुनासो रहेको छ ।
0 comments
बिचार लेख्नुहोस्..