दुई माओवादीको अधिवेशन चटारो, कार्यकर्ता पंक्तिमा असन्तोष तिब्र


सुमन मल्ल -----------------
चैत्र १ मुगु,
जिल्ला विकास समिति मुगुको परिषदमा अल्झिएका राजनीतिक दलहरुले परिषदको खर्च कति भन्ने विषयमा लागिरहेका वेला जिल्लाका दुई माओवादी एकिकृत माओवादी र नेकपा माओवादीलाई हिजो आज जिल्ला अधिवेशन तयारीको चटारो लागेको छ ।
माओवादी विभाजन पछि संविधान सभा बहिष्कार गरेको नेकपा माओवादी र एकिकृत माओवादीका कार्यकर्तालाई हिजो आज अधिवेशनको तयारीका लागि गाविस, ईलाका स्तरिय भेला तथा सदस्यता प्रदान तथा नविकरण गर्न भ्याई नभ्याई छ । एकिकृत माओवादीले आगामी बैशाख ४ देखि ६ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि चैत्र १ देखि १५ गतेसम्म सदस्यता प्रदान तथा नविकरण गर्ने, १५ देखि २५ सम्म वडा स्तरिय र गाउँ स्तरिय भेला सम्पन्न गरिसक्ने र वैशाख ४ देखि ६ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ भने नेकपा माओवादीको जारी बैठकमा जिल्ला अधिवेशन चैत्र अन्तिमसम्म सम्पन्न गर्ने छलफल भईरहेको माओवादीले जनाएको छ । उसले पाटीका वडा स्तरिय भेला सम्पन्न गरिसकेको छ भने गाविस स्तरिय भेला चैत्र २० अगाडी नै सम्पन्न गर्ने तयारीमा जुटेको छ । अधिवेशनको चटारोमा रहेका दुवै माओवादी भित्र नेतृत्व पंक्ति प्रति धेरै नेता कार्यकर्ता असन्तुष्ट रहेको देखिएको छ ।
एमाओवादी स्रोतका अनुसार केन्द्र जस्तै जिल्लामा पनि नेतृत्व पंक्तिले पाटीको कार्य दिशा छोड्दै गएको , तल्लो स्तरका कार्यकर्ताको बुई चढेर परिवर्तनका नाममा विलासीता तर्फ बढेकाले एक महिना भित्र रुपान्तरण हुन नसके कार्यकर्ताहरु त्यसको विरुद्धमा उत्रने भएका छन । पाटी भित्र गुट र उपगुट सिर्जना गरि कार्यकर्ता बीचमा द्धन्द्ध सिर्जना गरि व्यक्तिगत स्वार्थमा नेतृत्व फस्दै गएको , ठेक्का पट्टा, उपभोक्ता समिति मार्फत कमिशन , अवसरवादीहरुलाई पाटीको जिम्मेवार पदमा लिए पछि कार्यकर्ताहरु असन्तुष्ट रहेको स्रोतको भनाई छ । तर पाटी भित्र रहेको साना तिना विवाद समाधान भई सकेका तथा यो विवाद नभएर अन्र्तर संघ्रष रहेको एमाओवादीका संयोजक अजबहादुर शाहीले बताए ।
यता नेकपा माओवादीको नेतृत्वले निरंकुशता लादेको, कार्यकर्ताले नेतृत्वका कुरामा असहमत जनाए कारवाही हुने गरेको , तल्लो स्तरका कार्यकर्ताका विचारको सम्मान गर्न नसकेका कारण तल्लो स्तरका कार्यकर्ता असन्तुष्ट रहेका एक माओवादी कार्यकर्ताले बताए ।  तर पाटीमा अनुशासन र जनबादको सिदान्त कडा भएकाले भर्खर पाटीमा प्रवेश गरेकाहरुलाई चित्त नबुझ्नु स्वभाविक हुनसक्ने नेकपा माओवादीका केन्द्रिय सदस्य मंगलबहादर शाही (प्रतिक) ले दावी गरे ।
फागुन २७ देखि २९ गतेसम्म बसेको एमाओवादीको चौथौं पुर्ण बैठकको निर्णय सार्वजनिक गर्न शनिवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला अधिवेशन सम्पन्न गर्न आवश्यक तयारीका लागि शनिवार देखि नै नेता कार्यकर्ताहरु जिल्ला भरि खटिईसकेको जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा एमाओवादीका मुगु संयोजक अजबहादुर शाहीले पार्टी विभाजन पछि जिल्लामा एमाओवादीको संगठन कमजोर रहेको, युद्धबाट मात्तिएर आएको तथा झुटो कुरा गरेका कारणले संविधान सभा निर्वाचन २०७० मा पराजय भोग्नु परेको बताए । उनले अहिले देशमा देशी विदेशीहरुको चलखेल भईरहेको तथा यसको आडमा स्थानीय निर्वाचन गर्ने कुरा आईरहेकाले संघीयता सहितको संविधान जारी नहुँदै हुने स्थानीय निर्वाचन आफुहरुलाई स्वीकार्य नहुने बताए । देशमा क्रान्तिकारी र कम्युनिष्टहरुलाई पाखा लगाउने प्रयास भईरहेकाले ढिलो चाँडो देशका क्रान्तिकारीहरुविच एकता हुने बताए ।

,

0 comments

बिचार लेख्नुहोस्..