विषयगत समितिको बैठक सम्पन्न, बैठकमा सहभागि नहुने गैससलाई कारवाही गरिने

मुगु न्युज डट कम,,
फागुन १७ मुगु-----------
जिल्ला विकास समितिले जिल्ला परिषद गर्नु पुर्व आयोजना गरेको विषयगत समितिहरुको बैठकमा चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षका प्रस्तावित कार्यक्रमहरु पेस नगर्ने गैर सरकारी संस्थाहरुलाई कारवाही गरिने निर्णय गरिएको छ ।
शुक्रवार देखि सुरु भई शनिवार सम्पन्न भएका विभिन्न विषयगत समितिका बैठकहरुले जिल्लामा विभिन्न दातृ निकायको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेका दुई दर्जन बढि गैर सरकारी संस्थाहरु मध्य १५ वटा संस्थाले मात्र आफ्नो निती तथा कार्यक्रम पेश गरेका जिल्ला विकास समिति मुगुले जनाएको छ ।
गैर सरकारी संस्थाहरुले कार्यक्रम सञ्चालन गर्दा जिविस, गाविस लगायतका स्थानीय निकायको समन्वय र स्वीकृति लिनु पर्ने प्रावधान छ भने प्रत्येक वर्ष हुने जिल्ला परिषदबाट कार्यक्रम अनुमोदन गराउनु पर्ने भए पनि केहि गैर सरकारी संस्थाहरु विषयगत समितिमा नै सहभागि नभएकाले दर्ता नविकरण तथा सिफारिस रोक्ने निर्णय परिषदबाट नै अनुमोदन हुने जिविसले जनाएको छ  । जिल्लामा करोडौ रकमका कार्यक्रम सञ्चालन गर्ने तर जिल्ला विकास समितिको  परिषद हुनु पुर्व विषयगत समितिको बैठक र एकिकृत योजना तर्जुमा गोष्ठीमा आफ्ना निती तथा कार्यक्रम पेश नगर्ने गैर सरकारी संस्थाहरुले दर्ता नविकरण गर्दा जिल्ला विकास समिति, गाविस मार्फत गरिने सिफारिस रोक्का गर्ने निर्णय विषयगत समितिले गरेको स्थानीय विकास अधिकारी भरत गौतमले जानकारी दिए ।

0 comments

बिचार लेख्नुहोस्..