प्राथामिक स्वास्थ्य केन्द्रमा म्याद सकिएको औषधी


सुमन मल्ल---------

चैत्र १२ ( रातापानी ) मुगु-----------
जिल्लाको पश्चिम खत्याड भेकको कोटडाँडा गाविसको रातापानीमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा कर्मचारी अभावसंगै म्याद गएको औषधी मात्र हुँदा सेवा ग्राहीले न्युनतम स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको केन्द्रका कर्मचारीले जानकारी दिएका छन ।
जिल्ला स्वास्थ्य कार्यालय मुगु मार्फत नेपाल सरकारले प्राथामिक स्वास्थ्य केन्द्रका लागि निशुल्क रुपमा पठाउने ३५ प्रकारको औषधी नपुग हुनुका साथै अहिले केन्द्रमा म्याद सकिएको औषधी मात्र रहेको केन्द्रले जनाएको छ । अहिले केन्द्रमा वि कम्प्लेक्स, डिपो, बालबालिकालाई झाडा पखाला हुँदा चाहिने ओआरएस, आई वि सेट लगायतका औंषधीको म्याद सकिदा केन्द्रमा औषधीको अभाव रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय मुगुमा धेरै पटक औषधीको माग गरि पठाए पनि जिल्लाले औषधी नपठाएको केन्द्रका स्वास्थ्य कर्मिले बताएका छन । तर सदरमुकाम बाहिरका स्वास्थ्य संस्थाबाट औषधीको माग नआएकाले औंषधी पठाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।
तिन शैयाको प्राथामिक स्वास्थ्य केन्द्रमा ११ जना स्वास्थ्यकर्मिको दरबन्दि रहे पनि अहिले चार जना स्वास्थ्य कर्मी मात्र रहेका छन । एकातिर केन्द्रमा रहेको औषधीको म्याद सकिएको छ भने अलिकति भएको औषधी समेत अलपत्र छ । पाठ्यघर खसेका महिलाहरुमा राखिने रिङ प्रेसरी भुईमा थुप्रो बनाएर राखिएको छ । प्रसुति सेवा प्रवाहका लागि प्रसुतिगृह निर्माण गरिएको भए पनि जनशक्ति अभावका कारण सेवा प्रदान गर्न नसकिएको केन्द्रले जनाएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..