यस पटकको परिषदमा प्रकोप नियन्त्रण पहिलो प्राथामिकता
मुगु न्युज डट कम,
फाल्गुण १७ मुगु------
शनिवार सम्पन्न भएका जिल्ला विकास समितिका विषयगत समितिका बैठकले जिल्ला सदरमुकाम र आसपासका गाविसहरुमा मनपरि डोजर प्रयोग गरि सडक निर्माण गरिएकाले सडक आसपासका बस्तिहरु, खेति योग्य जमिन भू क्षय र बाढी पहिरोको उच्च जोखिममा रहेका, निरन्तर र तिब्र बन फडानीका कारण रारा ताल र सदरमुकाम गमगढी समेत बाढी पहिरोको जोखिममा रहेकाले भू क्षय, बाढी पहिरो जस्ता प्रकोप नियन्त्रण गर्न प्रभावकारी योजना निर्माण गर्ने निर्णय गरिएको जिविसले जनाएको छ ।
डोजर लगाएर निर्माण गरिएका आसपासका वस्तिहरुका बासिन्दाले प्रति घरधुरी दश विरुवाका दरले अनिवार्य वृक्षा रोपण गर्न लगाउने , यो निर्णय नमान्ने घर धुरीलाई सरकारी तथा गैर सरकारी निकायबाट पाउने कुनै पनि सेवामा रोक लगाउने समेत निर्णय भएको छ । त्यस्तै सदरमुकाम नजिक रहेको रुगा गाविसको वडा नम्बर ४ स्थित दलित समुदायको बाहुल्यता रहेको रुगा गाउँलाई आर्थिक वर्ष ०७१।०७२ मा नमुना गाउँ घोषणा गर्ने निर्णय भएको छ ।

0 comments
बिचार लेख्नुहोस्..