तिन दिने बाल पत्रकारिता तालीम सुरु
मुगु न्युज डट कम---------
चैत्र २६ मुगु-------------
विभिन्न विद्यालयमा रहेका बाल क्लबहरुका पदाधिकारीहरुका लागि बुधवार देखि तिन दिने बाल पत्रकारिता तालीम सुरु भएको छ ।
असल छिमेकी नेपाल मुगु सामुदायिक विकास परियोजनाको आयोजनामा परियोजनाकै सभा हलमा सुरु भएको तालीममा परियोजनाले आफ्ना कार्यक्रम सञ्चालन गरिरहेका विद्यालयमा गठन गरिएका बाल क्लबबाट १८ जना बालबालिका सहभागि भएका छन । तालीममा बालबालिकाहरुलाई बाल पत्रकारिता , भित्रे पत्रिका , भित्रे पत्रिका प्रकाशन लगायतका विषयहरु जानकारी गराउने तथा समग्रमा बालबालिकाहरुले आफनो विद्यालय तथा समुदायमा रहेका बालबालिकाको अवस्था , शिक्षा, स्वास्थ्य लगायतका विषयमा लेखेर भित्रे पत्रिका प्रकाशन गर्न सकुन भन्ने लक्ष्य रहेको असल छिमेकि नेपालका शिक्षा अधिकृत अरुण चोधरीले बताए ।
बुधवार देखि सुरु भएको तालीमको सहजकिरण जिल्लामा क्रियाशील सञ्चारकर्मीले गरिरहेका छन भने तालीम शुक्रबार सम्म सञ्चालन हुने छ ।
0 comments
बिचार लेख्नुहोस्..