साल पाठ्यघरमा नै अड्किए पछि गर्भवती महिलालाई रेफर
मुगु न्युज डट कम --------
चैत्र २६ मुगु-------------
सुत्केरी भई सके पछि साल पाठ्यघरमा नै अड्किदा थप उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याईएकी एक गर्भवति महिलाको उपचार हुन नसक्ने भन्दै सुविधा सम्पन्न ठाउँमा लैजान जिल्ला अस्पतालले बुधवार रेफर गरेको छ ।
सदरमुकाम गमगढी देखि तिन घण्टा टाढा रहेको रुगा गाविसको वडा नम्बर ७ बाम गाउँकि २४ वर्षीया गौरशीला बढुवाल मंगलबार वेलुकी आफ्नै घरमा नै सुत्केरी भए पनि बुधवार विहानसम्म साल नखसे पछि डोकोमा बोकेर थप उपचारका लागि जिल्ला अस्पताल पु¥याईएको थियो । बुढुवाललाई जिल्ला अस्पताल ल्याए पछि उपचारमा खटिएका जिल्ला अस्पतालका डाक्टर भक्त देव श्रेष्ठ सहितको टोलीले साल पाठ्घर भित्रै अड्केकाले जिल्लामा उपचार हुन नसक्ने भन्दै बुधवार अपरान्ह अन्यत्र लेजान भन्दै रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका सिनियर अहेव पर्शुराम नेपालीले जानकारी दिए ।
गाउँमा स्वास्थ्य चौंकि रहे पनि स्वास्थ्यकर्मि नहुँदा स्वास्थ्य चौंकि बन्द रहेको स्थानीयवासी रत्न बढुवालले जानकारी दिए । स्वास्थ्य चौंकिमा स्वास्थ्यकर्मि नभए पछि स्थानीय महिलाहरुको सहयोगमा बढुवालले मंगलबार छोरी जन्माएकि थिईन ।
0 comments
बिचार लेख्नुहोस्..