पन्ध्र लिटर पानी भर्न चार घण्टा


सुमन मल्ल--------
जेठ ९ मुगु--------------
दुई सय सोह्र घरधुरी रहेको कोटडाँडा गाविसको वडा नम्बर ५ देखि ९ सम्मका स्थानीयवासीहरुले पन्ध्र लिटर पानी भर्न चार घण्टा पालो कुर्नु पर्ने बाध्यता रहेको छ ।
प्राथामिक स्वास्थ्य केन्द्र, शिक्षा क्याम्पस, उच्च मावि, ईलाका प्रहरी कार्यालय सहित स्थानीयवासीको बाक्लो बस्ती रहे पनि खानेपानीको चर्को समस्या रहेको छ । छ वर्ष अघि गाउँ देखि तिन किलो मिटर टाढा रहेको ब्रुसु भन्ने स्थानबाट खानेपानी ल्याईएको भए पनि योजना मर्मत संम्हारको अभावमा आयोजना अलपत्र पर्दा खानेपानीको समस्या भएको स्थानीयवासी दलबहादुर कार्कीले बताए । कार्कीका अनुसार आयोजनाका पाईप ठाउँ ठाउँमा चुटिए पनि स्थानीयवासी र सरोकारवाला निकायको वेवास्ताका कारण आयोजना दुई वर्षमा नै अलपत्र परेको हो । अहिले दुई सय सोह्र घरका लागि मुग्राह भन्ने स्थानबाट खानेपानी ल्याईएको भए पनि पानीको स्रोत कम हुँदा चारवटा धारा मात्र चलेको स्थानीयवासीले बताए । पानी आउने चारवटा धारामा पानी कममात्रामा आउने भएकाले पन्ध्र लिटर पानी भर्न चार घण्टासम्म पालो कुर्नु पर्ने स्थानीयवासीको भनाई छ  ।
विहान चार बजे देखि पानी भर्न लाईन बसे पनि सात आठ बजे मात्र पानी भर्ने पालो आउछ त्यहि पनि पन्ध्र विस लिटर मात्र , वडानम्बर ६ कि स्थानीयवासी सुशीला कार्कीले भनिन । यसो त गाउँमा रहेका प्राथामिक स्वास्थ्य केन्द्र र प्रसुतिगृहमा निर्माण गरिएका शौचालय पानीको अभावमा बन्द रहेका छन ।

, ,

0 comments

बिचार लेख्नुहोस्..