गाउँमा नागरिकता पाएपछि स्थानीयिवासी खुसि
मुगु न्युज डट कम,
जेठ ९ रातापानी ( मुगु ,
अहिलेसम्म गमगढी जान पाईएन , नागरिकता पनि बनेको थिएन, अहिले आफ्नै गाउँमा नागरिकता पाउँदा खुसि छु , कोटडाँडा गाविस वडा नम्बर २ कि ५७ वर्षीया चखुल्ली शाहीले भनिन् ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा खत्याडका ७ गाविसलाई लक्ष्यीत गरि कोटडाँडाको रातापानीमा सञ्चालन भएको उकिकृत घुम्ती शिविरमा नागरिकता लिन आएका स्थानीयवासीहरु यस्तै भनिरहेका थिए । सदरमुकाम पुग्न दुई दिन हिड्नु पर्ने , होटेलको खाना र वास खर्चसंगै न्युनतम एक हप्ता समय लाग्ने गथ्र्यो अहिले गाउँमा नै नागरिकता दिने व्यवस्था सरकारले मिलाएकोमा सर्व साधारण, अपागंहरुलाई सहायता मिलेको स्थानीयवासी मणिचन्द्र कार्कीले बताए ।घरायसी कामको बोझले सदरमुकाम गमगढी पुग्न नसकि नेपाली नागरिकता नपाएका ग्रामीण क्षेत्रका स्थानीयवासीले आफ्नै दैलोमा नागरिकता पाउँदा निकै खुसि देखिन्थे । दुई दिनसम्म चलेको शिविरमा दुई सय बाउन्न जनाले नागरिकता लिए भने दुई सय उनान्सयले फोटो सहितको मतदाता नामावली दर्ता गराएको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले बताए । नागरिकता, मतदाता नामावलीसंगै , आँखा उपचार , स्वास्थ्य सेवा, अपागं परिचय पत्र, पशु स्वास्थ्य , कृषि, जग्गाधनी प्रमाण पुर्जा , रजिष्टेशन लगायतका सबै सेवा प्रदान गरिएको थियो ।
पराजुलीका अनुसार खत्याडमा बाल विवाह पनि बढि नै देखिएको छ । नागरिकता लिन आएका मध्य चालिस बालबालिकाको जोडिलाई फिर्ता गरिएको र उनिहरुको उमेर १८ वर्ष ननाघेको पराजुलीको भनाई छ ।
0 comments
बिचार लेख्नुहोस्..