सांसद निर्बाचन क्षेत्रको कोष बालुवामा पानी



मुगु न्युज डट कम--------------
मुगु ११ असार,
 जिल्लाको एक निर्बाचन क्षेत्रमा ०६४ यता तिन जना सभाषद चुनिएर गएको भए पनि नेपाल सरकारबाट प्राप्त हुने सांसद निर्बाचन क्षेत्र बिकास कार्यक्रमको १० लाख रकम मुगुमा भने बालुवामा पानी बराबरको भएको छ ।
 ०६४ सालको संबिधान सभामा यो जिल्लाबाट निर्बाचित नेकपा माओबादीका नबराज धामी र समानुपातिक तर्फ एमालेकी सोनाम छेजुम लामा संबिधान सभामा चुनिएका थिए । ०७० को संबिधान सभाको निर्बाचनमा एमालेबाट बिजयी मोहन बानिया मात्र चुनिएका भएपनि अहिले सम्मको सांसद निर्बाचन क्षेत्र बिकास कार्यक्रमको ९० लाख रकम आफना कार्यकर्तालाई बाँड्ने काममात्र भएको छ ।
  यो भन्दा अघिल्ला सभाषदले आफनो  पार्टीको भवन निमार्णका लागी जग्गा खरिद ,एफ एम रेडियो संचालनमा रकम प्रयोग गरिएको पाईएको छ भने केहि रकम आफना भोट बढी भएका समुदायका कार्यकर्ताहरुलाई दामा साहीका दरले बाँडेर रकम सिध्याईयो । प्रत्येक योजनामा ५० हजार देखि १ लाख सम्मको रकम बाँडफाँड गरेपनि त्यो रमकले कुनै पनि योजना सफल नदेखिएको जिल्ला बिकास समितिका एक प्राबिधीक बताउछन ।
सभाषदले रकम बिनियोजित गर्न आफनो पार्टीकै आफनो बिश्वासिले मान्छे लाई संयोजक तोक्ने भएकाले उनिहरु अफनो पार्टीको दरो पकडभएको गाँउमा आबश्यक योजना नभए पनि चुनाबमा सहयोग गरेबापत  रकम बिनियोजित गरेका छन ।
 अहिले सम्मको ९० लाख सांसद निर्बाचन क्षेत्र बिकास कार्यक्रमको रकमका योजनाहरु हेर्ने हो भने कुनै पनि योजना सफल देखिएका छैनन।
यो आर्थिक बर्षमा निकासा भएको १० लाख मध्ये ५० हजार प्रशासनिक खर्च कटाएर ९ लाख ५० हजार जिल्लाका २४ गाबिस मध्ये ११ गाबिसमा भाग लगाउदा ५० हजार देखि १ लाख सम्मका योजना छनौठ गरिएका छन । यो रमकले कुनै पनि योजना सफल हुने देखिदैन गोरेटो बाटो निमार्ण सिंचाई, मन्दिर निमार्णका योजना भएपनी यति रकमले योजना दिगोनहुुने सांसद निर्बाचन क्षेत्र बिकास कार्यक्रमका संयोजक असोक लाल बुमिको भनाई रहेको छ ।
 रकम बिनियोजित गर्दा आफनै कार्यक्रर्तालाई मात्र उपभोक्ता समितिमा  राख्ने गाँउमा योेजना पुगेपपनि आफनै पार्टीका मान्छे मात्र काममा लगाउने गरेको पुरानै रोग भएपनि बिशेष यो कार्यक्रमको रकमले आफना कार्यकर्ताको आखाामा छारो हाल्ने काममात्र भएको पाईएको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..