वर्षेनी हराउछन विकास निर्माणका योजनाहरु – करोड खर्च गरिएका योजना भेटिएनन



मुगु न्युज डट कम-----------------
११ असार मुगु----------------
जिल्लाका विभिन्न स्थानमा जिल्ला कृषि विकास कार्यालयले साना सिचाईका लागि करोड औ खर्च गरिएको वताए पनि गाउँमा योजना भेट्न मुश्किल भएको छ ।
आर्थिक वर्ष २०५७ । ०५८ बाट जिल्ला कृषि विकास कार्यालयले साना सिचाईका नाममा लाखौ खर्च गर्दै आए पनि गाउँमा साना सिचाईका योजनाको कुनै संकेत छैन । प्रत्येक आर्थिक वर्षमा एक लाख बराबरका उपभोक्ताबाट योजना माग गर्ने तथा यसरी दिएको रकम अनुसार योजना सम्पन्न भए नभएको अनुगमन नगरि भुक्तानी दिने गरेको पाईएको छ । कागजमा नै योजना सम्पन्न गरि भुक्तानी दिदा केही प्रतिशत रकम कार्यालयका कर्मचारीको खल्तिमा जाने गरेको कार्यालयका कर्मचारीले बताए । चालु आर्थिक वर्षमा २५ लाखका ३० वटा टुक्रे सिचाई योजना छनौट गरिएका भए पनि अहिलेसम्म एउटा योजना पनि नभेटिएको जिल्ला विकास समिति अन्र्तगतको अनुगमन समितिले जनाएको छ । यि योजनाहरु सम्पनन भई भुक्तानीका लागि कार्यालयमा निवेदन आईसकेका छन । कामै नभएका योजनाको भुक्तानी दिने वा नदिने विषयमा कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन । कार्यालयका प्राविधिकहरु योजनाको मुल्याकंन अनुगमनमा जाने गरेको कार्यालयले बताए पनि प्राविधिकहरुले काम सम्पन्न भएको झुटो प्रतिवेदन पेश गर्ने गरेको देखिएको छ । गाउँ घरमा योजना नै भेटिदैनन तर कागजमा धेरै योजना सम्पन्न भएको देखिन्छ ।
१२ वर्ष यता प्रत्येक वर्ष दश भन्दा बढि योजना छनोट गरि काम सम्पन्न गरेको प्रतिवेदन कार्यालयले आफ्ना विभागिय मन्त्रालयमा प्रतिवेदन बुझाउने गरेको छ । यस्ता साना सिचाई योजनाका लागि कार्यालयले डेढ करोड खर्च गरिसकेको देखिएको छ । यसरी रकम खर्च गरिए अनुसार हालसम्म जिल्ला भरि धेरै जमिन सिंचत भएको हुनु पर्नेमा झन योजना नै हराउन थालेका छन । कतिपय योजना त अघिल्ला वर्षका नै देखाएर रकम खर्च हुने गरेको देखिएको छ । कतिपयले सदरमुकाममा नै योजना बनाउने, उपभोक्ता समिति गठन गर्ने तथा सदरमुकाममा नै योजना सम्पन्न गर्ने गरेको तथ्य खुलेको छ । सोरु भेकमा चालु आर्थिक वर्षका लागि जिल्ला कृषि विकास कार्यालयले १३ वटा साना सिचाई योजना छनौठ गरि प्रत्येक समुहलाई ७० हजारका दरले भुक्तानी दिने तयारी गरिरहेको छ । तर अनुगमनका लागि सोरु भेकका सात गाविसमा गएको अनुगमन टोलीले साना सिचाईका योजना नभेटेरै फर्केको छ । गाउँमा याजना आएको स्थानीयवासीलाई समेत थाहा छैन । उपभोक्ता तथा कृषक समुहमा बस्ने व्यक्ति जिम्मेवार नबन्दा वर्षेनी साना सिचाईमा लगानी गरिएको रकम दुरुपयोग हुने गरेको कार्यालयकै कर्मचारी बताउछन । अब अर्को वर्ष देखि नगद रकम भन्दा सिचाई कुलो निर्माणमा प्रयोग हुने सामाग्री प्रदान गर्ने विकल्प तय गरेको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख धनबहादुर बुडथापाले बताए । जिल्ला कृषि विकास कार्यालयका योजना मात्र नभएर अन्य कार्यालयद्धारा लगानी गरिएका योजना समेत हराउने गरेका छन । कागजमा काम सम्पन्न हुने बजेट समेत खर्च भएको देखिने तर यथार्तमा गाउँमा कुनै योजना नभेटिने रोग जस्तै भएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..