यार्सा खोज्न गएका तिन जनाको मृत्यु
मुगु न्युज डट कम--------
जेठ २१ मुगु--------------
यार्सा गुम्बा खोज्न मुगुको हिमाली क्षेत्रमा गएका तिन जनाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यार्साको खोजीमा मुगु गाविसको छापा खोला भन्ने पाटन क्षेत्रमा १७ गते गएका जुम्ला जिल्ला तातोपानी गाविस वडा नक्बर ५ का १९ वर्षका मिनबहादुर तिरुवा, मुगु जिल्ला श्रीकोट गाविस वडा नम्बर १ का मानबहादुर बाँनियाको पाटनमा अक्शिजनको मात्रा कम भई लेक लागेपछि घर तर्फ फर्कदै गर्दा शिरानी चौर भन्ने स्थानमा सोमबार मृत्यु भएको सिमा प्रहरी चौकि मुगुले जानकारी दिएको प्रहरी प्रमुख पुष्कर केसीले जानकारी दिए । यस अघि जेठ चौध गते शिरानी चौरमा जुम्ला जिल्ला छुमचौर ५ का ४४ वर्षका मानबहादुर बोहोराको पालमा सुतिरहेको अवस्थामा मृत्यु भएको थियो ।
यो पटक हिमालमा हिउ नपग्लिएको र लेक लागेर विरामी पर्न थालेपछि यार्साको खोजिमा गएका सर्वसाधारणहरु घर फर्किने क्रम सुरु भएको छ ।
0 comments
बिचार लेख्नुहोस्..