लेक लागेर मर्नेको संख्या चार पुग्यो
मुगु न्युज डट कमम-------------
जेठ २१ मुगु------------------
यार्सा गुम्बा खोज्न पुगेका मुगुको हिमाली क्षेत्रमो लेक लागेर मृत्यु हुनेको संख्या चार पुगेको छ । जेठ १९ गते र २० गते हिमालमा यार्चा टिप्न गएका तिन जनाको मृत्यु भएको छ । २० गते मुगुको सानो कोईकी भन्ने पाटन क्षेत्रमा लेक लागेर मुगु जिल्ला रोवा गाविस वडा नम्बर ७ शोभा गाउँका १७ वर्षका रेशम बुढाको मृत्यु भएको सिमा प्रहरी चौकि मुगुले जानकारी दिएको छ ।
यार्साको खोजीमा मुगु गाविसको छापा खोला भन्ने पाटन क्षेत्रमा १७ गते गएका जुम्ला जिल्ला तातोपानी गाविस वडा नम्बर ५ का १९ वर्षका मिनबहादुर तिरुवा, मुगु जिल्ला श्रीकोट गाविस वडा नम्बर १ का मानबहादुर बाँनियाको पाटनमा अक्शिजनको मात्रा कम भई लेक लागेपछि घर तर्फ फर्कदै गर्दा शिरानी चौर भन्ने स्थानमा सोमबार मृत्यु भएको सिमा प्रहरी चौकि मुगुले जानकारी दिएको प्रहरी प्रमुख पुष्कर केसीले जानकारी दिए । यस अघि जेठ चौध गते शिरानी चौरमा जुम्ला जिल्ला छुमचौर ५ का ४४ वर्षका मानबहादुर बोहोराको पालमा सुतिरहेको अवस्थामा मृत्यु भएको थियो ।
यो पटक हिमालमा हिउ नपग्लिएको र लेक लागेर विरामी पर्न थालेपछि यार्साको खोजिमा गएका सर्वसाधारणहरु घर फर्किने क्रम सुरु भएको छ ।
0 comments
बिचार लेख्नुहोस्..