चारवटा विद्यालयमा अँग्रेजी माध्यमबाट पढाई



मुगु न्युज डट कम------------
असार ६ मुगु-------------
नेपाली माध्यमबाट पढाई हुँदै आएका सरकारी विद्यालयहरुका विद्यार्थीहरुको शैक्षिक अवस्था सुधार गर्नका लागि विभिन्न उपाय खोजी भईरहेका वेला चारवटा विद्यालयहरुले अँग्रेजी विषयको पढाई सुरु गरेका छन ।
असल छिमेकी नेपाल मुगुको सहयोग तथा जिल्ला शिक्षा कार्यालय मुगुको समन्वयमा हिमोदय निमावि बाम, मष्टा निमावि थार्प, राष्टिय निमावि शोभा, आनन्द निमावि चिमाथ र प्रावि पाँपुले अँग्रेजी माध्यमबाट पठन पाठन कार्य सुरु गरेका छन । असल छिमेकीले यि विद्यालयहरुमा बाल केन्द्रीत विद्यालय शिक्षा कार्यक्रम लागु गरेको छ भने अँग्रेजी माध्यमबाट अध्ययनका लागि पाठ्य पुस्तक समेत सहयोग गरेको छ । बाल विकास केन्द्र देखि पाँच कक्षासम्मका लागि शुक्रबार २ लाख ७ हजार ४ सय ३८ रुपैयाँ बराबरका पुस्तक उपलब्ध गराएको छ ।पाठ्यक्रम विकास केन्द्रले तोकेको मापदण्ड र अनुमति पछि अँग्रेजी माध्यमको पठन पाठन कार्य सुरु भएको हो । सरकारी विद्यालयका विद्यार्थीहरु अन्य विषय भन्द अँग्रजी विषयमा कमजोर देखिएका र अँग्रेजी भाष प्रति अभिभावकको मोह बढदै गएकाले पनि सरकारी विद्यालयहरुले अँग्रजी भाषामा पठन पाठन गर्न चासो दिन थालेको जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले बताए । जिल्लामा रहेका १सय ३६ विद्यालयहरु मध्य अँग्रेजी माध्यमको पढाई सुरु गरेका पाँचवटा विद्यालयले नमुना बन्नु पने जिल्ला शिक्षा अधिकारी घिमिरेको सुझाव थियो ।

,

0 comments

बिचार लेख्नुहोस्..