२४ गाबिसको आवधिक योजना सार्बजनिक


मुगु न्युज डट कम----
मुगु,६ असार, जिल्लाको २४ गाबिसको  आर्थिक बर्ष ०७० देखि ०७५ सम्मको आबधिक योजनाको एक कार्यक्रम बिच सार्बजनिक गरिएको छ।
सयुक्त राष्ट संघ बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग लिङ्क हेल्बेटास  स्वीसकोअप्रेरशन नेपालको प्राबिधीक सहयोगमा जिल्ला बिकास समिति मुगु र स्थानिय गैर सरकारी संस्था ग्रामिण सामुदायिक बिकास केन्द्र र पुर्न निर्माण तथा अनुसन्धान विकास केन्द्रको सहजिकरणमा जिल्लाका २४ वटा गाँउ बिकास समितिको पाँच बर्षिय आबधिक योजना सार्बजनिक गरिएको हो ।
 प्रत्येक गाबिसलाई पाँच बर्ष भित्र शिक्षा, स्वास्थ्य,पुर्वाधार,  आधुनिक कृर्षि प्रणालि, प्राकृतिक श्रोत साधनको सदुपयोग, स्थानिय निकायको परिचालनका साथै लैङ्गिक समानताको समाबेशिकरणको सिदान्तलाई अगाढी लिदै गाबिसको आन्तरिक कोषको बृद्धि गरिने २४ वटै गाबिसको आवधिक योजनाको रणनितीमा उल्लेख गरिएको छ ।
 सार्बजनिक गरिएको आवधिक योजनामा गाबिसमा सचालित तथा संचालन हुने कार्यक्रमहरुमा नेपाल सरकारको बजेट भन्दा दोब्बर लगानि दातृ निकायको देखिएको भएपनि हालसम्ममा २४ वटै गाबिसमा कुुनै कार्यक्रमले आफनो लक्ष्य हासिल प्राप्त गरेको पाईएको छैन । एक गाविसमा एक गैर सरकारी निकायको न्युनतम पाँच लाख देखि ५० लाख सम्म जाने गरेको देखिए पनि उपलब्धी कागजमा नै सिमित भएको छ । यद्यपी पछिल्लो समयमा समुदायको सशक्तिकरण भने उल्लेख भएको देखिएको छ ।


,

0 comments

बिचार लेख्नुहोस्..