बल्ल बन्यो योजना तर कामदारले रकम पाएनन
मुगु न्युज डट कम----------------
साउन २७ मुगु-------------
निर्माण कार्य सुरु गरिएको झण्डै तिन दशक पछि सम्पन्न भएको सोरु भेकको नार्थपु गाविसमा पर्ने गुल्म सिचाई आयोजनाका काम गरेका कामदारहरुले अहिलेसम्म पनि ज्याला पाउन सकेका छैनन ।
यो आयोजना आर्थिक वर्ष २०४२ सालमा जिल्ला विकास समितिको २५ हजार रकमबाट उपभोक्ता समिति मार्फत सुरु गरिएको तथा काममा ढिला सुस्ती गर्दै करोड औ रकम दुरुपयोग भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो । सुरुमा उपभोक्ता समिति मार्फत मात्र सुरु गरिएको यो योजनामा सिचाई सव डिभिजन कार्यालय जुम्ला , राष्टिय योजना आयोग, लगायतका निकायबाट करोडौ रकम खर्च भईसकेको छ । तर आयोजनाको ठेक्का लिएका गंगाराज शाहीले आर्थिक वर्ष २०६७ । ०६८ मा २ करोड ३२ लाखमा सम्झौता गरेको तथा अहिले काम सम्पन्न गरिसक्दा पनि अख्तियारमा परेको मुद्दाका कारण २०७० बाट बिल पनि नउठेको र भुक्तानी पनि नहुँदा कामदारले रकम पाउन नसकेको बताए । यद्यपी ठेक्का संगसंगै आयोजना निर्माण गर्न उपभोक्ता समिति मार्फत समेत काम गरिएको छ । ठेकेदारले कामदारलाई ५४ लाख र समितिले १४ लाख रकम भुक्तानी दिन बाँकि रहेको छ । आउने दशैसम्ममा पनि आफुले ज्याला नपाए सम्बन्धित निकायमा मुद्दा हाल्ने तयारी गरिरहेको एक कामदारले बताए ।
अख्तियारमा आयोजनाका सम्बन्धमा मुद्दा परेपछि गएको वर्ष स्थानीय प्रशासन , सिचाई विभागबाट समेत अनुगमन भईसके पनि भुक्तानी रोक्नुको खास कारण नबुझेको ठेकेदारहरु बताईरहेका छन । नार्थपु गाविसका ३ सय ७१ घरधुरी लाभान्वीत हुने गरि आयोजना सुरु गरे पनि कमजोर माटो र वर्षामा नदिले कटान गर्ने हुँदा आयोजनाको दिगोपना माथी सबैले शंका गरिरहेका छन । चार किलो मिटर लम्बाई रहेको सिचाई कुलोको मुहान माथी रहेको फोतु गाविसको वडा नम्बर १ मा पर्ने २८ घरधुरी रहेको रावलबाडा दलित वस्ती कुलो कै कारण अहिले पहिरोको उच्च जोखिममा रहेको छ । वर्षेनी नदिले तलबाट कटान गर्ने र कुलो खन्दा झनै पहिरो जान थालेपछि बस्ती जोखिममा परेको स्थानीयवासीको भनाई छ ।
सिचाई आयोजनाको हामीले काम गरेका छौ , रकम रोकियो भनेर मजदुरलाई मार्न पाईदैन हामीले काम गरेको रकम पाउनु पर्छ एक स्थानीयले भने । आयोजनाको काम भएको छ दुख दिने नियतले अख्तियारमा मुद्दा हालिएको छ । हामीले चर्को व्याजमा ऋण लिएर मजदुरलाई भुक्तानी दिनु पर्ने अवस्था छ । मुद्दाको छिटो टुंगो नलागे हामी अनाहकमा फस्ने भयौ ठेकेदारका एक प्रतिनीधिले भने ।

0 comments
बिचार लेख्नुहोस्..