सर्व साधारणलाई रोकावट, हुने खानेलाई खुल्ला



सुमन मल्ल-----------
साउन २७ मुगु ---------------
रारा राष्टिय निकुञ्ज क्षेत्र तथा मध्यवर्ती क्षेत्र भित्र सर्व साधारणलाई होटेल व्यवसाय गर्न रोक लगाए पनि हुने खानेहरुलाई भने होटेल व्यवसाय सञ्चालन गर्न कुनै रोकावट छैन ।
आर्थिक वर्ष २०७०। ७१ देखि रारा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र भित्र रहेका सर्व साधारणका होटेल पसल निकुञ्ज कार्यालयले उठाउन सुरु गरे पनि रारा तालकै किनार नजिकमा भने फेरी एक जनालाई होटल सञ्चालनका लागी अनुमति दिएको पाईएको छ । रारा तालको किनार नजिक डाँफे होटेल यस भन्दा अघि देखि सञ्चालनमा छ भने फेरी अहिले निकुञ्जको आफनै भवनमा राजु कार्कीलाई भिलेज एण्ड हेरिटेज होटेल सञ्चालन गर्ने गरि गएको माघ देखि दश वर्षका लागि अनुमति दिईसकेको पाईएको छ । यो भवन कार्यालयका कर्मचारीको आवाससंगै मन्त्रालय विभागबाट आउने सरकारी कर्मचारी ( अतिथी )को आतिथ्य प्रयोजनका लागि निर्माण गरिएको भए पनि अहिले सुटुक्क एक जना व्यक्तिलाई निजी रुपमा होटेल सञ्चालनका लागि अनुमति दिईएको छ ।  सरकारी भवन भाडा (लिज ) मा दिनु परे वोल पत्र आव्हान गर्नु पर्ने भए पनि राष्टिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण विभागले सोझै राजु कार्कीलाई होटेल सञ्चालनका लागि गएको माघ देखि लागु हुने गरेर दश वर्षका लागि भाडामा दिएको छ । हामीले त्यसरी अनुमति दिएका होईनौ विभागले होटेल सञ्चालन गर्न दश वर्षका लागि सम्झौता गरिसकेको छ हामीले केहि गर्न सक्दैनौ , रारा राष्टिय निकुञ्जका प्रमुख भोगेन्द्र रायमाझीले भने । योसंगै होटेलको पुर्न निर्माण गर्न रारामा रहेको नेपाली सेनाको व्यारेक नजिकै काठ काट्ने अनुमति दिएर धमाधम हरिया सल्लाका रुख कटानी भईरहेका छन । यता मध्यवर्ती क्षेत्रमा पर्ने समुदायलाई विगतमा काठ काट्ने अनुमति  बढिमा एक हप्ताको समयावधी दिने गरेकोमा डाँफे होटेलका सञ्चालक गोपाल वम र निकुञ्जको आफ्नै भवनमा होटेल सञ्चालन गर्ने अनुमति पाएका राजुलाई एक महिनाको अनुमति दिएको रारा राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले जनाएको छ । अहिले सर्व साधारणलाई काठ काट्ने अनुमति रोक्का गरेको कार्यालयले कार्की र वमलाई अनुमतिमा कुनै रोकावट नगरेको देख्दा स्थानीयवासीहरु अचम्ममा परेका छन । दुवै जनालाई पन्ध्र पन्ध्र दिनका लागि अनुमति दिएको तथा अहिले काठ काट्न रोकि सकेको कार्यालय प्रमुख रायमाझीले बताए । बेला बेला मध्यवर्ती क्षेत्र र निकुञ्जले समेटेका समुदायलाई घर लगाउने काठको अनुमति दिदा सुकेका, ढलेका रुख मात्र प्रयोग गर्न पाउने भने पनि अहिले ठुलो परिमाणमा हरिया रुखहरु कटानी भईरहेका छन ।
सर्व साधारणलाई होटेल सञ्चालन गर्न पाईदैन भनेर उठाउने कार्यालयले  होटेलका लागि निकुञ्जले आफ्नै भवन दिएको अहिले थाहा पायौ रारा राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विर्खबहादुर रोकायाले भने । काठका लागि अनुमति दिनु हुँदैन दिए पछि सर्व साधारणलाई पनि दिनु पर्छ भनेर हामीले रोक्न खोजेका हौ तर कार्यालयले हामीसंग कुनै छलफल नै नगरि बम र कार्कीलाई काठ काट्ने अनुमति दिएको छ , रोकायाले बताए । कार्कीले सदरमुकाम गमगढीमा जिल्ला प्रशासनको भवन र ताल्च विमान स्थलमा पर्यटन सुचना केन्द्रको भवन निर्माणको ठेक्का पाएका छन सायद रारामा कटानी भईरहेको काठ त्यता पनि प्रयोग हुन सक्छ स्रोतले भन्यो ।                  

,

0 comments

बिचार लेख्नुहोस्..