विमान स्थलको धावन मार्ग सुधार कार्य सम्पन्न



मुगु न्युज डट कम------------
भदौ ८ मुगु-----------
ब्ौशाख पहिलो साताबाट सुरु भएको मुगुको ताल्च विमान स्थलको धावन मार्गको सुधार कार्य सम्पन्न भएको छ ।
विमान स्थलको ५ सय ७० मिटर लामो धावन मार्ग कालो पत्रे गर्नु पुर्व ढुंगा ग्राभेल गरिएको छ । यस अघि धावन मार्गमा २० मिटर चौडाई ग्राभेल गरिएको र भदौ चार गते तारा एयरको टवीनेटर जहाँजले परिक्षण उडान गर्दा चौडाई साघुरो भएको बताए पछि पुन दश मिटर दायाँ र दश मिटर बाँया ग्राभेल गरे पछि अहिले जहाज अवतरण गर्न सक्ने भएको ताल्च विमानस्थल स्थित नेपाल नागरिक उड्यन कार्यालयले जनाएको छ । धावन मार्गको ग्राभेल गर्ने कार्य सकिए पछि आईतवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्व पक्षिय बैठकले परिक्षण उडान गर्न तारा एयरलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले जानकारी दिए । आईतवार विहानसम्म विमान स्थलको धावन मार्गमा सुधार गर्नु पर्ने जति ठाउँमा काम सकिएको छ मौसम सफा भएमा सोमबार विहान दश बजेवाट विमान स्थलमा जहाँज अवतरणका लागि विमान स्थल ओपन गर्छौ , ताल्च विमान स्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भिमदत्त पन्तले भने ।
 नेपालीहरुको प्रमुख चाड दशै नजिक आईरहेको तथा सडक यातायात समेत सहज नभएकाले हवाई उडान नियमित गर्न विमान कम्पनिहरुलाई अनुरोध गर्ने सर्व पक्षिय बैठकले निर्णय गरेको छ । बजारमा खाद्यन्न लगायत दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन नाग्म गमगढी सडक खण्डमा वर्षाले विग्रेको ठाउँमा बनाउन , सडकको स्तरोन्नती गरी सडक यातायात समेत सुचारु बनाउन सडक डिभिजन कार्यालय सुर्खेतलाई अनुरोध गर्ने समेत निर्णय गरिएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..