पहिरोले घट्ट बगाउदा गाउलेलाई सास्ती




मुगु न्युज डट कम
भदौ ९ मुगु
पिना गाविसको वडा नम्बर ५ लिउडी गाउँमा रहेको आधुनिक घट्ट पहिरोले लिए पछि स्थानीयवासीलाई अन्न पिसानीका लागि सास्ती व्यहोर्नु परेको छ ।
शनिवार राती पहिरो जाँदा घट्टको नहर, ट्यांकी सहित घट्ट समेत छोपिए पछि स्थानीयवासी समस्यामा परेको स्थानीयवासी रुपबहादुर सेजुवालले जानकारी दिए । २२ घर धुरी रहेको यो गाउँमा गाविसको सहयोगमा एक लाख असी हजार खर्च गरि एक दशक अघि घट्ट बनाईएको थियो । घट्ट पहिरोमा छोपिए पछि अब स्थानीयलाई रोवा गाविसमा तिन घण्टा हिडेर दुई दिन बास बसेर अन्न पिसानी गरि फर्किनु पर्ने भएको छ भने आफनै गाविसको पिना गाउँ दुई घण्टा टाढा जानु पर्ने भएको छ । कसैले घट्ट निर्माणका लागि सामान उपलब्ध गराई दिए स्थानीयवासीले अरु काम आफै गर्ने थिए । हामी त समस्यामा परेका छौ सेजुवालले भने ।

, ,

0 comments

बिचार लेख्नुहोस्..