समाज परिवर्तनमा पुरुष भन्दा महिला अगाडी


सुमन मल्ल---------
भदौं ८ (कालै) मुगु----------
क पढ्यौं ख पनि पढ्यौं , अधिकार जित्यौं ,
डोको बोक्न्या महिलाले, सैन (हस्ताक्षर ) गर्न सिक्यौं ।
धैनकोट गाविसका महिलाहरुले महिलाहरुमा आएको परिवर्तनका विषयमा देउडा गीत मार्फत यसरी ब्यक्त गरिरहेका थिए ।
गाउँमा जाँड रक्सि, जुवा तास नियन्त्रण गर्न र सरसफाईका क्षेत्रमा कालै, रारा र धैनकोट गाविसमा पुरुष भन्दा महिला अगाडी देखिएका छन । गाउँमा हुने विकास निर्माणका गतिविधी देखि लिएर गाविस कार्यालयले निर्माण गर्ने योजना तर्जुमामा महिलाको सहभागिता बढ्दै गएको देखिएको छ ।
तीनवटै गाविसका महिलाहरुले परम्परा देखि गाउँमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्ने एक वर्षे कार्य योजना निर्माण गरेका छन । महिनावारी हुँदा पाँच दिन देखि सात दिनसम्म घर भन्दा टाढा गोठमा बस्नु पर्ने, दुध दहि ,घिऊ लगायत पोषिलो खाने कुरा खान र छुन नदिने परम्परा चलि आएको छ भने यो वेला घर भित्र बसे देउता रिसाउने भन्दै गोठमा बसाल्दा महिलाहरुकको स्वास्थ्यमा नकरात्मक असर पर्ने तथा असुरक्षित हुने गरेका छन । पहिला हामीलाई महिनावारी हुँदा घर भित्र पस्न पाईदन थियो, गाई ,फलफुलका विरुवा छुनसम्म नदिने अवस्था थियो तर अहिले हामीले त्यसको विरोध गर्दै नियमित जन चेतना मुलक कार्यक्रमहरु गरेपछि अहिले महिनावारी भएका महिलाहरु घर भित्रै बस्छन, अब हामी हाम्रो गाविसलाई छाउपडी मुक्त गाविस घोषणा गर्छौ सिर्जनशील महिला विकास बहस समुह धैनकोटकी अध्यक्ष ऐना जैंसीले भनिन । पहिला हामी औंठा छाप लगाउने गथ्र्यौ ,अहिले हामीले वेलुकी गाउँका सवै महिला बसेर साक्षरता कक्षामा पढ्न गएपछि लेख्न र पढ्न सक्ने भएका छौं । गाउँमा आउने विकासका कार्यक्रम बजेटका विषयमा समेत बोल्न सक्छौ । गाविसमा हुने सवै कार्यक्रममा सहभागि हुन्छौ जैसींले भनिन ।
घरायसी काम ,चुल्हो चौंकोमा अल्झिने महिलाहरु पछिल्लो समयमा आफना अधिकारका विषयमा खुलेर बोल्न सक्छन । महिला पुरुष सवैले कामका बाँडफाँड गर्छौ , अहिले हाम्रा नाममा जग्गाको लालपुर्जा छ , विकास निर्माणका काम गर्दा समान काम र समान ज्याला पाउछौं हिमाली महिला विकास बहस समुह कालैकी अध्यक्ष गउगोरा लावडले भनिन ।
 यि तीनवटै गाविसमा मिशन ईष्टको आर्थिक सहयोगमा किर्डाक नेपाल मुगुले विकासका लागि महिला बहस परियोजना अन्र्तगत मसँग आवाज छ कार्यक्रम सञ्चालन गरे पछि महिलाहरु अग्रसर हुन थालेको कालै गाविसका स्थानीयवासी परुनाथ योगीले बताए । तिन वटै गाविसमा महिला विकास बहस समुह गठन भई महिला हिंसा, घरेलु हिंसा, महिला अधिकार, प्रजनन् स्वास्थ्य, छाउपडी प्रथा तथा विकासमा समान सहभागिताका विषयमा तिन वर्ष देखि निरन्तर बहस ,पैरवी गरे पछि अहिले यि समुदायका महिलाहरु आफै सक्षम भएको मसंग आवाज छ परियोजनाका प्रमुख भद्रा राजभण्डारीले जानकारी दिईन । गाविसका महिलाहरुलाई साक्षार बनाउन परियोजनाले एक वर्षसम्म साक्षरता कक्षा सञ्चालन गरे पछि अहिले ति महिलाहरुले महिला अधिकार, घरेलु हिंसा तथा समाज परिवर्तनका विषयमा राम्रोसंग लेख पढ तथा अरुलाई सिकाउन सक्ने भएका छन । भदौको पहिलो हप्ता तिन वटै गाविसका नौं वटा महिला विकास बहस समुह बीचमा महिला अधिकार , घरेलु हिंसा, छाउपडी प्रथा लगायतका विषयमा विभिन्न आठ वटा प्रश्नको उत्तर लेखन र प्रस्तुती  प्रतियोगिता गराईएको थियो । प्रतियोगितामा धैनकोटका तिन वटा महिला समुहले प्रथम ,तृतीय र सान्त्वना स्थान प्राप्त गरि क्रमश तीस हजार,१५ हजार र १० हजार नगद जितेका थिए भने हिमाली महिला विकास बहस समुह कालैले दोस्रो स्थान हाँसील गरि नगद २२ हजार जितेको थियो । अन्य समुहलाई सहभागि भएबापत नगद पाँच पाँच हजार प्रदान गरिएको थियो ।

, ,

0 comments

बिचार लेख्नुहोस्..