जत्रामा आम्दानी भन्दा खर्च धेरै
मुगु न्युज डट कम-----
भदौं ६ मुगु--------
श्री कृष्ण जन्माष्टमीका अवसरमा एक हप्तासम्म सञ्चालन गरिएको जात्रामा उठेको रकम भन्दा खर्च धेरै भएको समितिले जनाएको छ ।
शुक्रवार पत्रकार सम्मेलन गरि समितिले उठेको रकम र भएको खर्चको विवरण सार्वजनिक गरेको छ । समितिसंग जात्रामा प्रयोग हुने सामाग्री नहुँदा नयाँ किन्नु परेकोले खर्च बढि भएको जनाएको छ । जात्रा अबधीभर विभिन्न संघ संस्था, उद्योगी व्यापारीबाट चन्दा स्वरुप २ लाख ४१ ह्जार ४ सय १५ रुपैयाँ संकलन भएकोमा खर्च २ लाख ५९ हजार १ सय पचास रुपैयाँ पुगेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । अझै पनि गमगढीका पसलहरुमा सामान किनेको २८ हजार रुपैयाँ तिर्न बाँकि रहेको समितिले जनाएको छ । जात्रा सफल पार्न सहयोग गर्ने उद्योगी ,व्यापारी, होटल व्यवसायी तथा सम्पुर्ण गमगढी वासीलाई समितिले धन्यवाद समेत ज्ञापन गरेको छ ।
0 comments
बिचार लेख्नुहोस्..