वर्षाका कारण विमान स्थल सञ्चालनमा हुन नसक्दा हवाई यात्रु मर्कामा
मुगु न्युज डट कम
साउन १९ मुगु
मुगुको ताल्च विमान स्थल वर्षाका कारण सञ्चालनमा आउन नसकेपछि मुगु देखि सुर्खेत नेपालगञ्ज र सुर्खेत नेपालगञ्ज देखि मुगु पुग्न खोज्ने हवाई यात्रुहरुले सास्ती व्यहोर्नु परिरहेको छ ।
कच्ची र धुलौटे माटो रहेको विमान स्थलको धावन मार्ग वर्षाका कारण हिलाम्य भएपछि धावन मार्गमा विमान अवतरण गर्न नसकिने अवस्थाका कारण हवाई सेवा सुचारु हुन नसकेको नेपाल नागरिक उड्ययन कार्यालय ताल्चका प्रमुख भिमदत्त पन्तले जानकारी दिए । लामो समय देखि हवाई सेवा अवरुद्ध हुँदा हवाई यात्रुसंगै जिल्ला अस्पतालमा उपचार हुन नसकि रेफर गरिएका विरामीहरुले वर्षाको समयमा पनि जुम्लासम्मको कठिन यात्रा गर्नु परिरहेको छ । गएको वैशाख १ गते देखि विमान स्थलको ५ सय ७० मिटर लामो धावन मार्ग सुधार कार्य सुरु भएको थियो भने तोकिएको असार १५ मा सुधार कार्य सम्पन्न नभएपछि दश दिनका लागि म्याद थपिएको थियो । सुधार गरिएको धावन मार्गमा ढुंगा गिट्टी हालेर जहाज अवतरण गर्न सक्ने भए पनि धावन मार्गको दक्षिण तर्फ रहेको जहाँज रोकिने स्थानमा माटो बढि रहेको तथा वर्षाले हिलो बनाउँदा जहाँजलाई परिक्षण उडानका लागि अनुमति दिन समस्या परिरहेको पन्तको भनाई छ । दिनमा घाम लागेर विमान स्थलको धावन मार्ग सुक्छ तर रातभर हुने वर्षाले फेरि धावन मार्ग उस्तै भईहाल्छ ,कसरी जहाँजलाई कसरी उडान गर्न भन्नु पन्तले भने । वैशाख देखि असार अन्तसम्म विमान स्थलको धावन मार्गमा २० मिटर चौडाई र ५ सय ७० मिटर लम्बाईमा सुरुमा ढुंगा र त्यस माथी गिट्टी हाले पनि अहिले निरन्तर भईरहेको वर्षातका कारण विमान अवतरण गर्ने धावन मार्गको सुरु विन्दु देखि १ सय मिटरसम्मको भागमा पानीको मुल निस्किएको छ । ढुंगा र गिट्टी हालेर धावन मार्गमा जहाज अवतरण गर्न सकिने भए पनि धावन मार्ग दायाँ बाँयाको भाग झन हिलाम्य छ भने जहाँजलाई उतिकै जोखिम छ । जसले गर्दा धावन मार्गमा हिलाम्य भएको छ । ताल्च विमान स्थल कालो पत्रे गर्न तदारुकताका साथ काम गर्ने भनिए पनि हिउँदमा हिमपात र वर्षामा पानीका कारण ढिलाई भईरहेको तथा २०७१ सालको असारमा मात्र कालो पत्रे सकिने ताल्च विमान स्थल सुधार आयोजनाले बताएको छ ।

0 comments
बिचार लेख्नुहोस्..