निकुञ्ज कार्यालयमा कर्मचारी नहुँदा समस्या
मुगु न्युज डट कम----------------
साउन ३० मुगु------------
रारा राष्टिय निकुञ्ज कार्यालययमा दरबन्दि अनुसारका कर्मचारी नहुँदा निकुञ्ज कार्यालय र मातहतका रेञ्जर पोष्टमा समस्या परेको छ ।
रारा राष्टिय निकुञ्जका लागि २६ जना कर्मचारीको दरबन्दी रहे पनि पदपुर्ती नहुँदा काममा अबरोध हुने गरेको कार्यालयले जनाएको छ । लामो समय देखि कार्यालयमा ग्याम स्काउट सात जना, खरिदार एक जना, सिनियर ग्याम स्काउट एक जना र सहायक संरक्षण अधिकृत एक जना गरि दश जना कर्मचारीको दरबन्दि रिक्त रहेको छ । त्यस्तै एक जना सिनियर ग्याम स्काउट , एक जना ग्याम स्काउट र एक जना सहायक संरक्षण अधिकृतको दरबन्दि रारामा रहे पनि तिनै जना हाल बर्दिया राष्टिय निकुञ्जमा काजमा रहेको रारा राष्टिय निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख गोपाल खत्रिले जानकारी दिए । कार्यालय मातहतका ६ वटा रेञ्जर पोष्टमा एक रेञ्जर, एक सिनियर ग्याम स्काउट र दुई ग्याम स्काउटको दरबन्दि रहेता पनि अहिले कुनै पनि पोष्टमा रेञ्जर छैनन । कतिपय पोष्टमा रहेका रेञ्जर सहायक संरक्षण अधिकृतमा बढुवा भई गएका छन भने कतिपय दरबन्दि रिक्त अबस्थामा रहेका कार्यालयको भनाई छ । कर्मचारीको दरबन्दि अनुसार पदपुर्ती नहुँदा निकुञ्जमा गस्ती गर्न जनशक्ति अभाव भएको छ भने जंगली जनावर, काठ , जडिबुटी चोरी निकासी नियन्त्रण गर्न समस्या भईरहेको कार्यालयको भनाई छ ।
कार्यालयसंग रहेका दरबन्दि रिक्त भए पछि भुलभुले, लामाचौर,ताल्चमा रहेका रेञ्जर पोष्टमा नेपाली सेनाको टुकडी बसेको छ भने गोरुसिन, बाउपानी र झ्यारी रेञ्जर पोष्ट कर्मचारी विहिन अवस्थामा रहेका छन । निकुञ्जसंग कर्मचारी अभाव भए पनि सबै रेञ्जर पोष्टमा नेपाली सेना निकुञ्ज सुरक्षार्थ बस्ने भए पनि द्धन्द्धकालमा ध्वस्त पारिएका भवनहरुको पुर्न निर्माण हुन सकेका छैनन । गोरुसिन, बाउपानी र झ्यारी पोष्टका भवनहरु अहिले सम्म निर्माण हुन सिकरहेका छैनन । एक आर्थिक वर्षमा एउटा मात्र भवन निर्माण हुने प्रावधान अनुसार अहिलेसम्म लामाचौर,ताल्च र भुलभुले पोष्टका भवन निर्माण भईसकेका र गोरुसिन पोष्ट निर्माणाधिन अवस्थामा रहेको तथा अन्य दुई पोष्ट क्रमश निर्माण पुरा भईसकेका पोष्टहरुमा नेपाली सेना बसे पनि निकुञ्जका कर्मचारीहरु बसेका छैनन ।
0 comments
बिचार लेख्नुहोस्..